कांग्रेसमा विश्वप्रकाश अप्ठेरोमा

भरतपुर,५ चैत । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पार्टीभित्र अप्ठेरोमा पर्दै गएका छन् । विश्वप्रकाश आफैंले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई ललकार्न थालेपछि उनी अप्ठेरोमा परेको बताईएको छ । 

आईतबार भरतपुरमा निजामती कर्मचारी संघको महाधिवेशन उद्घाटन समारोहमा शर्माले देउवा र पौडेल दुवैलाई कडा प्रहार गरेका थिए । उनले रामचन्द्र पौडेलले देउवालाई लेखेको खुला पत्रको आलोचना गरेका थिए । ‘सँगै बसेर चिया पिउनुस्, व्हीस्की पिउनुस्, आपसी कुरा मिलाउनुस्, यसरी बाहिर पत्र लेख्दै नहिँड्नुस्’ भनेका थिए शर्माले । 

शर्माको भनाई थियो– ‘कि मिल्नुस्, मिल्नुहुन्न भने दुवैजनाले छाडिदिनोस्, आराम गर्नुस् ।’ 

पछिका वक्ता रामचन्द्र पौडेलले विश्वप्रकाशलाई जवाफ फर्काउँदै आफूले व्हीस्की नपिउने बताए । पौडेलले देउवालाई प्रहार गर्दै भने– ‘एकजना व्हीस्की नपिउने, अर्कोजना व्हीस्की बिना कुरै नगर्ने । अनि कसरी कुरा मिल्छ ?’ 

कर्मचारीको अधिवेशनमा नेताहरुको विवाद व्हीस्कीसम्म पुग्यो । कार्यक्रम लगत्तै अर्का युवा नेता सुरेन्द्र पाण्डेले धेरैजनाका बीच देउवालाई दवाव दिँदै भने– ‘आजै अहिल्यै प्रवक्तालाई हटाउनुस् ।’

स्रोत अनुसार गणेश लामालाई पक्राउ गरिएको विषयमा पार्टीको धारणा भन्दै बोल्न विश्वप्रकाशलाई देउवाको वरिपरिबाट दवाब परिरहेको थियो । त्यसैगरी रामचन्द्र पौडेल र विमलेन्द्र निधीले पनि निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको पक्षमा बोल्न विश्वलाई भनेका थिए । तर, उनले न गोपाल पराजुली प्रकरणमा बोले, न गणेश लामाको पक्षमा नै बोले । 

‘पार्टी सभापति देउवालाई सघाउ पुग्ने गरी विश्वप्रकाश बोलिरहेका छैनन्, प्रवक्ताले सभापतिको ईच्छा अनुसार बोल्नुपर्ने हो,’ देउवा निकट एक नेताले सरल पत्रिकासँग टिप्पणी गरे ।

विश्वप्रकाशलाई प्रवक्ताबाट आउट गर्न देउवा वरिपरिकाहरु खुलेर लाग्न थालेको बुझिन्छ । प्रवक्ता पदका आकांक्षी बालकृष्ण खाँण, रमेश लेखक र प्रकाशशरण महत थिए । उनीहरुले पनि विश्वप्रकाशको विरोध गर्न थालेको बुझिन्छ । 

स्रोत अनुसार देउवा पत्नी आरजूले विश्वप्रकाशलाई प्रवक्ता बनाईएकोमा आपत्ति जनाउँदै आएकी छिन् । आरजूको ईच्छा विपरित विश्वप्रकाश प्रवक्ता बनेकाले उनको पदको आयु लामो नहुने प्रचार गरिँदैछ । तर, देउवा भने विश्वप्रकाशसँग सन्तुष्ट रहेको बताईन्छ । चितवनमा विश्वप्रकाशको विरोध गर्नेहरुलाई देउवाले ‘विश्वप्रकाशले जे बोल्छ त्यो मैले बोलेको हो’ भनेको बुझिन्छ ।


 

 कांग्रेसलाई पुनर्जिवित गर्न युवा नेताले यस्तो प्रस्ताव ल्याए

काठमाडौं,११ वैशाख । नेपाली कांग्रेसका ८ जना युवा केन्द्रीय सदस्यहरुले आगामी निर्वाचनमा पार्टीलाई एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउने

मान्यता विपरित संघीय संसदमा १६ समिति राख्ने चलखेल

नवगठित संघीय संसदमा एकल र संयुक्त गरी १६ वटा संसदीय समिति रहने गरी संसदको नियमावली मस्यौदामा सहमति भएको समितिका सदस्यहरूले बताएका छन्। विगतमा भन्दा

 बैशाख ११ का \'मूख्य अधिकारी\' प्रचण्डलाई वधाई !

 बैशाख ११ गते . . . ! बधाई प्रचण्डजी ! १.२०६२ ६३ को जन आन्दोलनमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सात दलीय मोर्चा प्रचण्ड नेतृत्वको माओवादीको सैन्य

 ज्येष्ठ नेता गुरुङले फिर्ता लिए देउवालाई दिएको समर्थन

काठमाडौं,९ वैशाख । वीपी कोइरालाका शीष्य एवं नेपाली कांग्रेसका ज्येष्ठ नेता कुलबहादुर गुरुङले स्थानीय निकायको हारलाई गम्भीरतापूर्वक लिएर समीक्षा