प्रधानन्यायाधीश पराजुली पदमुक्त !

  

 काठमाडौं,३० फागुन । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई उनी पदबाट अवकाश भइसकेको जानकारी गराएको छ । सचिव नृपध्वज निरौलले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी गराईएको छ ।

पराजुलीलाई बुझाईएको पत्रमा भनिएको छ,’...सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर २०७४।४।२१ मा नै पुरा भईसकेको देखिन आएकोले आज मिति २०७४।११।३० को सचिवस्तरिय निर्णय अनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु।’

पत्रमा न्याय परिषद्ले पराजुलीको परिषद सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट बुधबार प्राप्त पत्रको आधारमा समेतको आधार उक्त निर्णय लिइएको उल्लेख छ।
 

  पर्व र समय सुधारको माग

काठमाडौँ, ९ असार । वर्षको छोटो र लामो दिन, दिन र रात बराबर भएको तिथि र त्यससँग सम्बन्धित संक्रान्ति पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुपर्नेमा जोड दिइएको छ

  एसईईको परीक्षाफल सार्वजनिक

  भक्तपुर, ९ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल

 चोरीका गहना र नगदसहित तीन पक्राउ

  काठमाडौँ, ९ असार ।  महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र

निष्क्रिय पत्रकारको सदस्यता नवीकरण नहुने

बागलुङ, ९ असार । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निष्क्रिय पत्रकारको सदस्यता नवीकरणको सिफारिस नगर्ने भएको छ ।  दुई वर्षभन्दा बढी समयदेखि