गुणस्तर चिह्न बिनै ४८ ग्यास उद्योग सञ्चालन

काठमाडौँ, ३० फागुन । नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् । 

सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न आग्रह गरेपनि उक्त कम्पनीले अटेर गरेका हुन् । नेपाल गुणस्तर तथा नापतौल विभागले पुसमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न नलिएका ग्यास उद्योगमाथि कारबाही चलाएपछि दुई महिनाभित्र लिने भनेपनि अहिलेसम्म लिएका छैनन् । 

विभागले कारबाही अभियान सञ्चालन गरेपछि तीन ग्यास उद्योगले प्रमाणपत्र चिह्न लिएका छन्, २० वटा कम्पनी लिने चरणमा रहेको विभागले जनाएको छ ।  सम्पूर्ण ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिने गरी विभागले सबै उद्योगसँग आवश्यक कागजात मगाइरहेको  विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।  

नेपालमा रहेका ५५ ग्यास उद्योगमध्ये हालसम्म मनोज ग्यास उद्योग, वीरगञ्ज, श्रीकृष्ण ग्यास उद्योग, धादिङ, साइबाबा ग्यास उद्योग, धादिङ, नेपाल ग्यास उद्योग, बालाजु, जानकी ग्यास उद्योग, नवलपरासी, मेट्रो ग्यास उद्योग, धादिङ र एनएल ग्यास उद्योग, वीरगञ्जले नेपाल गुणस्तर चिह्न लिएका छन् । 

गुणस्तर प्रमाणपत्र नलिई सञ्चालन गरेको व्यापक जनगुनासो आएपछि विभागले यही पुसमा विभिन्न ठाउँका १० उद्योगको अनुगमन गरेको थियो । ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न नियमावलीको अनुसूची–२ अनुसार आवश्यक कागजात र प्रक्रिया पूरा गरेपछि मात्र विभागले गुणस्तर प्रमाणपत्र दिने गरेको छ । 

संगीतकार अम्बर गुरूङकी पत्नी विणाको निधन

काठमाडौ, असार ३२, चर्चित संगीतकार स्वर्गीय अम्बर गुरूङकी पत्नी विणा गुरूङको आइतबार साँझ निधन भएको छ। उनको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचारका

सुस्तावासीले क्षतिपूर्तिबापतको रकम पाउने

नवलपरासी, ३२ असार । पश्चिम नवलपरासीमा गत वर्ष भएको डुबानका कारण करोडौँको क्षति बेहोर्न बाध्य सुस्तावासीले क्षतिपूर्तिबापत रु दुई करोड ४६ लाख १२ हजार

नारायणी र कोशीमा पानी जहाजको सम्भावना 

काठमाडौँ, ३२ असार । कोशी र नारायणी नदीमार्फत नेपालले जलयातायात सञ्चालन गर्न सक्ने सम्भावना देखिएको छ ।  यहाँ भइरहेको नेपाल र भारतका अधिकारीबीच भएको

राउटेले पाए परिचयपत्र

  सुर्खेत, ३१ असार । पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश