आधा भन्दा बढि न्यायाधीश सर्बोच्चमा अनुपस्थित 

काठमाडौं, २९ फागुन । सर्बोच्चका न्यायाधीश चोलेन्द्र शम्सेर राणाले सोमबारको ईजलास बहिष्कार गरेपछि न्यायाधीशहरु दुई कित्तामा बाँंडिएका छन्। यसैक्रममा मंगलबार  सर्बोच्चका आधा भन्दा बढि न्यायाधीशहरु उपस्थित भएनन्। जसका कारण तोकिएका चारवटा ईजलाश बस्न सकेनन्।

मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुली र तेजबहादुर केसी, केदार प्रसाद चालिसे, र शारदा प्रसाद घिमिरे, दीपक कुमार कार्की र टंक बहादुर मोक्तान र  ओम प्रकाश शर्मा र डम्बर बहादुर शाहीको  मात्र बेन्च बस्यो।  न्यायाधीश दीपकराज जोशी र प्रकाश राउत अदालतमा उपस्थित भएपनि मुद्धा  हटाएर हिँडेका थिए। 

मंगलबार तोकिएर पनि ईजालाशमा नगएका न्यायाधीशहरुमा बिश्वम्भर श्रेष्ठ र अनिलकुमार सिन्हा, हरिकृष्ण कार्की र सपना प्रधान मल्ल, ईश्वर खतिवडा र आनन्द मोहन भट्टराई, मिरा खड्का र बमकुमार श्रेष्ठको ईजलाश बसेन।
 

निर्वाचन मिति तोक्ने अधिकार आयोगमा हुनुपर्ने माग

विराटनगर, ८ असार ।  निर्वाचन आयोगले आगामी दिनमा निर्वाचनको मिति तोक्ने अधिकार आफूलाई दिनुपर्ने माग गरेको छ ।  विहिबार आयोजित प्रदेश नं १ को

लुटेरा तामाङमाथि दुई गोली दागियो 

काठमाडौँ, ८ असार । काठमाडौँको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे

 काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

काठमाडौं, ७ असार । नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।  स्वास्थ्यमा

 प्रधानमन्त्री ओलीलाई चीनमा \'गार्ड अफ अनर\'

   बेइजिङ, ७ असार । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ ।  भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ