बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडौँमा

काठमाडौँ, २९ फागुन । सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज यहाँ आइपुगेको छ । 

बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो । 

उच्चस्तरीय सरकारी टोली यूएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। 

गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए । 

बंगलादेशको उच्चस्तरीय टोली केहीबेरअघि काठमाडौँ आइपुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। उनका अनुसार बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत छन् । 

यसअघि सोमबार विमान दुर्घटनापछि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए। रासस

  पर्व र समय सुधारको माग

काठमाडौँ, ९ असार । वर्षको छोटो र लामो दिन, दिन र रात बराबर भएको तिथि र त्यससँग सम्बन्धित संक्रान्ति पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुपर्नेमा जोड दिइएको छ

  एसईईको परीक्षाफल सार्वजनिक

  भक्तपुर, ९ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल

 चोरीका गहना र नगदसहित तीन पक्राउ

  काठमाडौँ, ९ असार ।  महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र

निष्क्रिय पत्रकारको सदस्यता नवीकरण नहुने

बागलुङ, ९ असार । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निष्क्रिय पत्रकारको सदस्यता नवीकरणको सिफारिस नगर्ने भएको छ ।  दुई वर्षभन्दा बढी समयदेखि