पशुपतिनाथ महोत्सव  बुधबारदेखि सुरु

काठमाडौँ, २९ फागुन । पशुपतिनाथ महोत्सवको तयारी पूरा भएकोे छ । 

वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको हो । 

यही फागुन ३० देखि चैत ७ गतेसम्म महोत्सव आयोजना हुँदैछ । धार्मिक र सांस्कृतिक महत्व बोकेको उक्त महोत्सवबाट धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । 

पाशुपत् क्षेत्रमा परम्परादेखि मनाउँदै आएको स्थानीय जात्रा दुरुच्याःच्याको शुभारम्भ फागुन २६ गतेदेखि भएसँगै उत्साह बढेको छ । अगामी चैत ७ गतेसम्म स्थानीय पाँचहरे जात्रा एवं देशोद्धार पूजालगायत जात्रा पर्व आयोजना हुने भएकाले सो महोत्सवलाई थप आकर्षक बनाइने संयोजक केदारमान भण्डारीले बताए। 

महोत्सवका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । महोत्सवमा धार्मिक गोष्ठी प्रवचनका अतिरिक्त तस्वीर, वृत्तचित्र प्रदर्शनी, नेवारी तथा अन्य परिकार, कला संस्कृति प्रदर्शन गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने छ । 

उक्त महोत्सवमा श्रीमद् भागवत कथा, पाहाँचह्रे जात्रालगायतको अवलोकन, संगीतमय महाआरती, दुर्लभ धार्मिक पुस्तक प्रदर्शनी, नेपाल र भारतका वरिष्ठ कलाकारद्वारा शास्त्रीय तथा भक्तिसंगीतसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ । 

निःशुल्क ध्यान तथा योग शिविर, अन्तरविद्यालय शास्त्रीय नृत्य तथा भक्ति संगीत प्रतियोगिता, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, खाना महोत्सव, पशुपति तथा जात्रा सम्बन्धी वृत्तचित्र र विशिष्ट धार्मिक गुरुद्वारा वैदिक प्रवचन, धर्मध्वज तथा राष्ट्रिय झण्डाको विशाल रुपको दर्शन, शिवपार्वतीको ताण्डवसहित मूर्तिको दर्शनलगायत कार्यक्रम गरिनेछ । रासस

  पर्व र समय सुधारको माग

काठमाडौँ, ९ असार । वर्षको छोटो र लामो दिन, दिन र रात बराबर भएको तिथि र त्यससँग सम्बन्धित संक्रान्ति पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुपर्नेमा जोड दिइएको छ

 पशुपतिनाथ मन्दिरमा एक अर्बको सुनको जलहरि  

काठमाडौँँ, २१ जेठ । विश्व सम्पदा सूचीमा सूचीकृत संसारभर रहेका वैदिक सनातनी हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्ग

अमेरिकी अन्तरिक्ष यात्री सान्ड्रा ध्यान गर्न नेपालमा  

अमेरिकी अन्तरिक्ष यात्री सान्ड्रा हल मगुस नेपाल भ्रमणमा आएकी छिन् । उनी करिब एक साता पहिले नेपाल आएकी हुन् ।  बुद्ध धर्ममा आधारित ध्यान (मेडिटेसन) मा

 चाणक्यका चोटिला चिन्तन 

 चाणक्य ऋषि उनका चर्चित नीति कथाले गर्दा आजसम्म पनि उत्तिकै सान्दर्भिक छन् । उनले प्रतिपादन गरेका नीति कथाहरु मानिसको जीवनको कुनै पनि पाटोमा काम