ट्रक दुर्घटनामा दुई कर्मचारीको मृत्यु

धनकुटा, २९ फागुन । धरानबाट स्काभेटर लिएर धनकुटा आउँदै गरेको ट्रक दुर्घटनामा परेर आज दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । 

साँगुरीगढी गाउँपालिका–९ कोशी राजमार्गस्थित घण्टेमा ना५ख १९३६ नंं को ट्रक सडकमा पल्टिँदा सडक विभागका दुई कर्मचारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए। 

मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका– ७ का रामजीत राई र सोही ठाउँका कावीरबहादुर राई रहेका छन् । ट्रक चालक रामेछाप मन्थली नगरपालिका– ७ का ४५ वर्षीय देवकुमार लामा, सहचालक मकवानपुरका २० वर्षीय समन तामाङ, बागमती गाउँपालिकाका राजेश घिमिरे र घादिङका रमेश भण्डारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । रासस 

  पर्व र समय सुधारको माग

काठमाडौँ, ९ असार । वर्षको छोटो र लामो दिन, दिन र रात बराबर भएको तिथि र त्यससँग सम्बन्धित संक्रान्ति पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुपर्नेमा जोड दिइएको छ

  एसईईको परीक्षाफल सार्वजनिक

  भक्तपुर, ९ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल

 चोरीका गहना र नगदसहित तीन पक्राउ

  काठमाडौँ, ९ असार ।  महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र

निष्क्रिय पत्रकारको सदस्यता नवीकरण नहुने

बागलुङ, ९ असार । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निष्क्रिय पत्रकारको सदस्यता नवीकरणको सिफारिस नगर्ने भएको छ ।  दुई वर्षभन्दा बढी समयदेखि