गाउँपालिका अध्यक्षको घरमा बम

 

फलेवास, पर्वत, २९ फागुन । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको घरमा आज प्रेसरकुकर बम फेला परेको छ । 

कुश्मा नगरपालिका–१ स्थित सहस्रधारमा रहेको अध्यक्ष मल्लको बा१६च २५२६ नं को गाडीमुनि प्रेसरकुकर बम भेटिएको हो । गाडीको टायरमुनि प्लास्टिकभित्र पत्रिकाले बेरेर प्रेसरकुकर बम राखिएको थियो । 

उक्त बम नेपाली सेनाको रणदल गुल्म कुश्मा र नेपाली सेनाको २३ नं बाहिनी बागलुङको टोलीले निष्क्रिय पारेको छ । घर नजिकै रहेको कालीगण्डकी नदीको किनारमा लगेर सो बम निष्क्रिय पारिएको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए। 

राति राखिएको उक्त बम स्थानीयवासीले बिहान देखेका थिए । गएराति नै कालीगण्डकी क्रसर उद्योगले भाडामा लिएको कुश्मा नगरपालिका–७ शिवबहादुर घर्तीको जेसिबीमा समेत आगजनी गरिएको छ । सहाना निर्माण सेवाको ग१क ३७३६ नं को जेसिबीमा आगजनी भएको प्रहरीले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मल्ल सो उद्योगका सञ्चालक छन्। 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउए। रासस

  पर्व र समय सुधारको माग

काठमाडौँ, ९ असार । वर्षको छोटो र लामो दिन, दिन र रात बराबर भएको तिथि र त्यससँग सम्बन्धित संक्रान्ति पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुपर्नेमा जोड दिइएको छ

  एसईईको परीक्षाफल सार्वजनिक

  भक्तपुर, ९ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल

 चोरीका गहना र नगदसहित तीन पक्राउ

  काठमाडौँ, ९ असार ।  महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र

निष्क्रिय पत्रकारको सदस्यता नवीकरण नहुने

बागलुङ, ९ असार । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निष्क्रिय पत्रकारको सदस्यता नवीकरणको सिफारिस नगर्ने भएको छ ।  दुई वर्षभन्दा बढी समयदेखि