सातै प्रदेशका मुख्य मन्त्री राजधानीमा 

काठमाडौँ, २९ फागुन ।  मुलुकका सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री एवं प्रदेशसभा सदस्यहरु आज संघीय संसद् भवन परिसर बानेश्वरमा भेला भएका छन्। 

संघीय गणतन्त्र नेपालको राष्ट्रपति पदको निर्वाचनमा मतदाताका रुपमा भाग लिन उनीहरु  काठमाडौँ आईपुगेका हुन् । सो निर्वाचनमा प्रदेशसभाका ५४९ सदस्य मतदाता छन् । 

त्यस्तै संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ सदस्य मतदाता छन् । राष्ट्रपति पदको निर्वाचनका लागि यतिका संख्यामा जनप्रतिनिधि पहिलो पटक राजधानीमा उपस्थिति भएको हो । 

संघीय संसद् भवन परिसरको पूर्वपट्टिको खुल्ला स्थानमा संघीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । संघीय संसद्को तुलनामा प्रदेशसभा सदस्यको संख्या बढी भएकाले प्रदेशसभा सदस्यको लाइन निकै लामो देखिएको छ । 

राष्ट्रपति पदको निर्वाचनका लागि ९ बजेदेखि मतदाता निर्वाचनस्थलमा प्रवेश गरेका थिए भने १० बजे बिहानदेखि मतदान शुरु भइसकेको छ । रासस
 

निगमको वार्इड बडी खरिदमा राष्ट्र बैंकको प्रश्न

काठमाडौ। नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको एअरबस ३३० - २०० सेरिजको २ नयाँ जहाजका सन्दर्भमा नेपाल राष्ट्र बैंकले पनि प्रश्न उठाएको छ । नेपाल

विमान खरिदमा ६ अर्ब कुम्ल्याउन यस्तो छ चलखेल

काठमाडौं । नेपाल वायु सेवा निगममा नयाँ जहाज खरिद गर्दा करिब ६ अर्ब रुपैंयाँ मिलिजुली खान अनेकौं चलखेल भैरहेको तथ्यहरु फेला परेका छन्। निगमले हाइफ्लाई

यी हुन् महिलाको ब्याङ्क खाता धेरै भएका देश

लण्डन । विश्वमा जम्मा छवटा देशहरू मात्र छन् जहाँ पुरुषको तुलनामा महिला ब्याङ्क-खातावाल धेरै छन्। ती देश हुन्- आर्जेन्टिना, जोर्जिया, इण्डोनेसिया,

सरकार जग्गा कारोबारीको सम्पत्ति छानबिन गर्दै

काठमाडौँ, २ जेठ । सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला