बीच सडकमा ट्रक पल्टँदा बिपी राजमार्ग अवरुद्ध

 सिन्धुली, २९ फागुन।  बिपी राजमार्गमा ट्रक पल्टँदा आज बिहानैदेखि राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । सुनकोशी गाउँपालिका–६ चैनपुरमा खण्डमा इँटा लादिएको ट्रक पल्टिएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । गए राति नै बा५ख ३३४७ नंको ट्रक पल्टिएको जिल्ला ट्राफिक प्रहरीको कार्यालय सिन्धुलीले जनाएका छ । 

बिहानैदेखि राजमार्ग पुनःसञ्चालन गर्न प्रयास गरिए पनि हुन नसकेको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिए। 

सिन्धुलीलगायत तराईका जिल्लाबाट राजधानी र राजधानीबाट बिपी राजमार्ग हुँदै पहाडी तथा तराईका जिल्लामा हिँडेका सवारी अहिले सुनकोशी गाउँपालिकामा रोकिएका छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले राजमार्ग भएर गन्तव्यतर्फ हिँडेका सवारी साधनलाई वैकल्पिक सडकबाट पठाउने कार्य भइरहेको बताए । खहरेबाट सवारी साधनलाई एकातर्फ मात्र आवागमन गराइएको छ । रासस 
 

चीनको प्रविधिले भारतमा बनाइएकोे विद्युतीय बसको पहिलो ‘लट’ नेपालमा ल्याइने

काठमाडौं, २५ जेठ । भारत र चीनको सहकार्यमा निमार्ण भएको इलेक्ट्रीक बस सार्वजनिक भएको छ । हाइदराबाद स्थीत भारतीय बस निर्माणकर्ता कम्पनी गोल्डस्टोन

विराटनगरको विकासका लागि ड्रोनको प्रयोग

विराटनगर, २५ जेठ । विराटनगर महानगरपालिकाभित्र भइरहेको विकास निर्माण कार्यलाई सहज पु¥याउनका लागि भिडियो ड्रोन क्यामराको प्रयोग गरिने भएको छ

यसरी हुनेछ सूर्यको अवसान 

हाम्रो सम्पूर्ण दुनियाँ सूर्यको वरिपरि नै घुम्छ । सूर्याेदयसँगै सुरु हुने दिन सूर्य अस्तायसँगै सकिन्छ । यदी कुनै दिन सूर्य सधैका लागि अवसान भयो भने

लोडसेडिङ हटाउने जिम्मेवारी जर्मन कम्पनीलाई

 काठमाडौं, १३ वैशाख । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंस्थित भारसंप्रेषण केन्द्रको सुपरिवेक्षण नियन्त्रणको प्रविधि आधुनिकीकरण गर्ने काम एक