तेस्रो राष्ट्रपतिका लागि निर्वाचन हुँदै, प्रतिस्पर्धामा भण्डारी र राई  

काठमाडौँ, २९ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा  बिहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ । राष्ट्रपति निर्वाचनको दौडमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन् । संयोगवस दुवै भोजपुरका स्थानीय बासिन्दा हुन् । यस अघि डा रामवरण यादव र भण्डारीले राष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेका छन् ।  

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएको छ । 

राष्ट्रपति मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने तथा पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको अवधि हुने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने व्यवस्था छ । आयोगले मतदातालाई आफू सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि आउन अनुरोध गरेको छ । 

एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने काँग्रेसको संकल्प

  हेटौँडा, ८ असार । नेपाली काँग्रेसका जिल्ला सभापतिको भेलाले विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै चुनौतीको सामना गर्न एकताबद्ध भई सशक्त ढंगले

सभापति देउवासँग युवा नेताहरुको प्रश्न- कांग्रेस कहाँ चुक्यो ?

काठमाडौँ, ६ असार । नेपाली काँग्रेसका युवा नेताहरुले सबल प्रतिपक्षका लागि पार्टीमा सशक्त नेतृत्वको खाँचो रहेको औँल्याएका छन् ।  मंगलबारदेखि

‘प्रधानमन्त्रीबाटै भ्रमण निर्देशिकाको अवहेलना’

काठमाडौं, ६ असार ।  दक्षिणी छिमेकी भारतको भ्रमण पश्चात् हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई निकै चासोका साथ हेरिएको

 जिल्ला सभापति भेलालाई देउवाको सम्वोधन, कांग्रेसलाई पहिलो पार्टी बनाउने घोषणा

काठमाडौं,५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने घोषणा गरेका छन् । हेटौंडामा