पेप्सिकोला तर्फ गएर घस्रँदै विमान ठोकियो 


काठमाडौं,२८ फागुन । अवतरणको क्रममा दुर्टनामा परेको एयर बंगला विमान धावन मार्गबाट पूर्व पेप्पीकोला तर्फ करिब ५ सय मिटर पर पुगेर धस्सिएको छ । बिमान  घस्रदै गएर ठोकिएको प्रारम्भिक अनुमान छ। 

उद्योग मन्त्री मात्रिका यादव पनि घटनास्थल पुगेका छन् । नेपाली सेना र प्रहरीको उद्धार टोली शव निकाल्ने प्रयास गरिरहेका छन् विमान २ः२० मा अवरण हुनुपर्ने थियो तर एइर ट्राफिकको कारण आकासमा एक चक्कर लगाएर २ः४० मा अवतरण भएको थियो । 

विमानमा चालक दलका ४ सहित ७१ यात्रु रहेकाको उद्धारमा संलग्न अधिकारीले जनाएका छन् । चालक दलका ३ जनाको मृत्यु भएको छ । टोलीले केही यात्रुलाई विमानबाट जिवितै निकाल्न सफल भएका छन् ।

उद्धार गरिएका एक चालक र १७ यात्रुको सिनामंगलस्थित काठमाडौ शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उद्धार गरिएका केहीलाई अन्य अस्पतालमा लगिएको छ ।

निर्वाचन मिति तोक्ने अधिकार आयोगमा हुनुपर्ने माग

विराटनगर, ८ असार ।  निर्वाचन आयोगले आगामी दिनमा निर्वाचनको मिति तोक्ने अधिकार आफूलाई दिनुपर्ने माग गरेको छ ।  विहिबार आयोजित प्रदेश नं १ को

लुटेरा तामाङमाथि दुई गोली दागियो 

काठमाडौँ, ८ असार । काठमाडौँको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे

 काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

काठमाडौं, ७ असार । नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।  स्वास्थ्यमा

 प्रधानमन्त्री ओलीलाई चीनमा \'गार्ड अफ अनर\'

   बेइजिङ, ७ असार । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ ।  भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ