विज्ञानको स्रोत वेदः हाम्रो समाज पाश्चात्य मनोवैज्ञानिक उपनिवेश

नेपाली संस्कृतिको ठूलो भाग संस्कृत वाङ्मयमा अडिएको छ । संस्कृत वाङ्मयलाई कर्मकाण्डी ब्राह्मणवादी पुरातनपन्थी धारको स्रोतकेन्द्र मान्नेको कमी छैन । सचाइ तर त्यस्तो अवश्य होइन । वेद ब्राह्मणग्रन्थ उपनिषद् आरण्यक (वैदिक वाङ्मय) कर्मकाण्डको मात्रै होइन विज्ञान दर्शनको सच्चा स्रोत हो । विज्ञान र दर्शनशास्त्र पढ्नेले वेद पढ्नु पर्दैन पढ्दैनन् । विज्ञान र दर्शन मात्र हैन सामाजिक शास्त्र वा विधिशास्त्र (कानुन) पढ्नेले पनि वेद पढ्दैनन्   पढ्नुपर्दैन । यसैले वैदिक वाङ्मयको यी विषयको अपार भण्डार युरोकेन्द्रित ज्ञान प्रणालीबाट अनुशिक्षित हामी धेरैका लागि अन्धकारमय छ ।

तथापि देशमा यस्ता विषयमा गहन अध्ययन गर्ने पनि छन् । ती मध्येका मूर्धन्य एक हुनुहुन्छ डा लक्ष्मीप्रसाद खतिवडा । भाषाविज्ञानका विद्वान् खतिवडाले हिजो (फागुन २६, २०७४) कुलचन्द्रजनार्दन अध्ययन मण्डलको साप्ताहिक कार्यक्रममा विज्ञान (आधुनिक) र संस्कृत वाङ्मयका विज्ञानसम्बन्धी मूलभूत अवधारणाको तुलनात्मक प्रस्तुति दिएर सहभागीलाई पाश्चात्य औपनिवेशिक मनोवज्ञानले आफूहरूमा गलत सूचनाप्रति पश्चात्ताप गर्ने बनाइदिनुभयो ।

प्राचीन र मध्ययुगीन नेपाल दर्शनशास्त्रको स्रोत थियो । हिमवतखण्ड वा नेपाल भनेर चिनिएको यो भूभाग अहिलेसम्म दार्श्निक अवधारणाहरुको स्रोत भूमि रहेको र ऋग्वेद र यजुर्वेदमा गणित गुरूत्वाकर्षण महाविष्फोट (भौतिक विज्ञान) र खगोलविज्ञानको प्रशस्त दृष्टि सूत्र र सिद्धान्त रहेको उहाँले सप्रमाण प्रस्तुति दिनुभएको छ । विज्ञानका क्षेत्रमा वेद उपनिषद्मा गम्भीर आर्ष्चिन्तन र निष्कर्ष ऋचाबद्ध रहेको उहाँले स्पष्ट पार्नुभएको छ । वेदका पुरुष सूक्त, हिरण्यगर्भ सूक्त, नासदीय सूक्त, सून्यको सिद्धान्त, शुल्बसूत्र नै विज्ञानको मूल सूत्र रहेका उहाँको स्पष्टोक्ति थियो ।

उहाँले संस्कृत वाड्मयमा रहेका ती स्रोतको दाबी मात्र गर्नुभएको होइन स्पष्ट प्रमाण पन िउपलब्ध गराउनुभएको छ । शून्य पश्चिमी वैज्ञानिकको आविष्कार हो भन्ने मान्यतालाई खण्डन गर्दै उहाँले शुक्ल यजुर्वेदको १७ मण्डलको दोस्रो मन्त्रले परार्ध (१ पछि १९ वटा शून्य) को गणनाको प्रचलन त्यतिबेलै भैसकेको दर्साउनुभएको छ ।

यसै गरी, पाइथागोरसले पत्ता लगाएको भनिने गरेको विकर्णको वर्ग आधार र लम्बको वर्गको योगफल बराबर हुन्छ भन्ने कुरा बौधायन शुल्बसूत्रमा ८०० वर्ष इसापूर्व नै प्रतिपादित रहेको स्पष्ट आधार उपलब्ध गराउनुभएको छ । यस्तै उहाँले गुरुत्वाकर्षण बल र सूर्यलाई ग्रहले परिक्रमा गर्ने नियम ऋग्वेदको दसौँ मण्डलको १४९ सूक्तको पहिलो मन्त्रमा स्थापित रहेको प्रमाण दिनुभएको छ । क्वान्टम फिजिक्स भनेर चिनिएको सिद्धान्त पनि संस्कृतको वाङमयबाटै उद्धृत भएको बताउनु भएको छ । वैदिक वाङमयको विकास कैलास पर्वतको दायाँबायाँ नेपालको गण्डकक्षेत्रसम्ममा भएको र यो क्षेत्र ऋषिहरूको भूमि रहेको उहाँले स्पष्ट गर्नुभएको छ ।

पृथ्वीलाई वेदले अनन्त पिण्डको एउटा संयोग र चक्रीय प्रणालीको एउटा ग्रह मान्दछ । त्यसै गरी, स्पेस र ब्रह्माण्डको सुरुआत महाविस्फोटबाट भएको मान्दछ । जुन कुरा अहिलेको निरुपित शास्त्र वा क्वान्टम फिजिक्सले बिगब्याङ्ग थ्यौरीका नामले पनि चिन्दछ । विलक्षणता सिद्धान्त वा सिङ्गुलारिटी सिद्धान्तबारे वेदका ऋचा पाश्चात्य जगत्ले उजागर गर्दैछन् । तर धर्मको विवेक छुट्याएर वैदिक दर्शनलाई पनि क्रस्चियन वा अन्य कुनै एउटा दैवीपन्थ जस्तै होला भन्ने भान परेको छ जनमानसमा ।आफ्ना स्रोतलाई धर्म वा कर्मकाण्डका मोहरीमा थुनेर विज्ञानको मौलिकताको आयातीत पाश्चात्य विचारले उपनिवेश बनाउँदै गरेको अवस्था हाम्रो अहिलेको वर्तमान अवस्था हो । यसलाई चिर्न ज्ञानविज्ञानका विभिन्न विधाका प्राज्ञहरूले संस्कृत वाङ्मयमा उपलब्ध वैज्ञानिक र दार्श्निक सोच र स्रोतको प्रयोगका लागि पुनर्जागरणको खाँचो छ भन्ने कुरा उहाँको प्रस्तुतिले स्पष्ट बनाएको छ ।

प्रस्तुतिः रवीन्द्र भट्टराई

 डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै पुलामी दम्पती

दैलेख । एउटा ठूलो ढुंगे ओढारभित्र गाँस, बास मात्र नभई व्यवसायसमेत सञ्चालन गरेर यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई

तान्त्रिक परम्परालाई जोगाउनु पर्नेमा जोड

काठमाडौँ, ६ असार । आधुनिक समयमा तन्त्र विद्याको पठनपाठन, साधना र प्रयोग घट्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं

 बाल विवाह गर्ने मुखिया समातिए

इटहरी, १ असार । बालविवाह गरेको अभियोगमा भारतको विहार राज्यको सुपौल जिल्ला बाइसी गाउँ पञ्चायत वडा नम्बर ४ का देवु मुखियाका २५ वर्षीय छोरा रामकुमार

 खानेपानी महसुल निर्धारण आयोग हात्तीको देखाउने दाँत

काठमाडौँ, २९ जेठ । देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गर्ने खानेपानी महसुल निर्धारण आयोग स्थापनाको ११ वर्षसम्म हात्तीको