एमाले र माओवादी एकता: कसले कसलाई निल्यो ?

गएको दशैंमा एमाले र माओवादी केन्द्रले लगभग छापमार शैलीमा दुईपार्टीबीच चुनावी तालमेल हुने र पार्टीहरुनै एकीकरण गर्ने निर्णय सार्वजनिक गरे। धेरैले उनीहरुबीच गर्ने भनिएको एकतालाई शंकाको दृष्टिले हेरेका थिए। चुनावमा दुबै पार्टीका नेता कार्यकर्ताहरुले एक अर्कालाई ईमान्दारीताका साथ सहयोग गरे र यी पार्टीले झण्डै झण्डै दुई तिहाई सिट जिते – केन्द्रीय संसद  र छ वटा प्रदेशसभामा । तैपनि उनीहरुबीचको एकतालाई असंभव नै मानिएको थियो। तर चुनाव सकिएको तीन महिनामा यी दुई बामपन्थी पार्टीहरुले मात्र होइन एमालेका प्रमुख प्रतिद्वन्दी मानिएका दुई मधेशवादी दलहरु – उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी नेपाल र महन्थ ठाकुर लगायतले  नेतृत्व गरेका छ वटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले तीन माहिना अघिसम्म असंभव देखिएको कुरा गर्ने लगभग पक्का भईसकेको छ।

एमाले र माओवादी केन्द्र मिलेर नयाँं पार्टी बन्ने र एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको वामपन्थी सरकारमा दुबै मधेशवादी दलहरु सामेल हुने । राजनीति र प्रेममा कुनै पनि कुरा असंभव नहुने भनाईलाई नेपालका तीन राजनीतिक दलहरु माओवादी केन्द्र, राजपा नेपाल  र संघीय समाजवादीले एमाले प्रति देखाएको एकहोरो प्रेमले नै पुष्टि गर्दछ।

धेरैले एमाले र माओवादी केन्द्रबीच स्थानीय चुनावका बेला देखिएको शत्रुतापूर्ण ब्यवहार  र एमालेसँगै मधेशीदलहरुले गतसाल फागुनमा पोखेको रिस बिर्सेका छैनन्। एकले  अर्कालाई सिध्याउने खेलमा लागेका पार्टीहरु आज अंकमाल गरीरहेका छन्, भलै सत्तारोहणकै लागि भएपनि । दलहरु मिल्नु र अझै देशमा दुईदलीय राजनीतिक पद्धति देखिनुलाई राम्रै संकेतको रुपमा लिनुपर्दछ। तर अहिलेको अवस्थामा धेरै बलियो सत्ता पक्ष र निरीह प्रतिपक्ष हुनुले जनमानसमा बिशेष गरी प्रतिपक्षको कित्तामा आशंकाहरु ब्याप्त रहेको देखिन्छ। टुक्रा टुक्रामा रहेका मधेशी दलहरु एकीकृत भएर एउटै पार्टी राजपा नेपाल  बन्नु र दशांै पार्टीहरुका बिभाजित भएका कम्युनिष्टहरु मध्ये दुई मुख्य पार्टीहरु एमाले र माओवादी केन्द्रबीच एकता हुुनु भनेको उनीहरुले शक्तिशाली बन्न खोजेको रुपमा बुझ्नुपर्दछ। मधेशी मधेशीबीच द्धन्द्ध हुँदा फाईदा अर्कैले लिएको र वामपन्थी बिभाजित हुँदा २०४६ साल देखि नै नेपाली कांग्रेसले फाईदा लिएको भन्ने सोचाईले नै अहिलेको धु्रुविकरणलाई मलजल गरेको छ।

त्यसो त मधेशी दलहरुको एकतालाई भारत निर्देशित र वाम एकतालाई चीन निर्देशित भन्नेहरु पनि छन्। तर यथार्थमा यी एकता र ध्रुविकरणहरु सत्ता केन्द्रित देखिन्छन् । नत्र एमालेले माओवादीलाई प्रतिनिधिसभा र प्रदेशसभामा ४० प्रतिशत सिट दिने र देशैभरी संगठन रहेको माओवादी केन्द्रले त्यतिमा चित्त बुझाउने कुरा आउँदैनथ्यो। त्यस्तै दुई दुई वटा मन्त्रालय पाउने बित्तिकै मधेशी दलले एमाले नेतृत्वको सरकारमा सामेल हुन सौदावाजी गरीरहुनपर्ने थिएन। यति नगर्दा यी सबै दलहरुलाई सत्ता टाढै हुन्थ्यो पनि तर टाढा अव भएन। 

अब एकतापछि अहिलेका माओवादी नेता कार्यकर्ताहरु र एमालेका नेता कार्यकर्ताहरुको अवस्था के हुन्छ त ? एमालेको जबज र माओवादीको मालेमावाद के हुन्छ? यी बिषयहरुमा दुईपार्टीका नेताहरु गहिरो बहसमा नै छन्। आआफ्ना एजेण्डाहरुलाई माथि पार्ने प्रयास अवश्य नै भईरहेको होला पनि । यसै सन्दर्भमा केहि हप्ता अगाडि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको चर्चा गर्न उपयुक्त होला । उनले अब एमालेले माओवादी निल्ने र माओवादीले एमाले निल्नेछन् भनेका छन्।

यसो भनेर उनले पार्टी एकतालाई माओवादीको एमालेमा बिलयको रुपमा नलिन आग्रह गरेको जस्तो देखिन्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि दुई वामपन्थी पार्टीबीचको एकतालाई माओवादीको एमालेमा भएको बिलयको रुपमा देखिन्छ कि भन्नेमा सचेत देखिन्छन्। तर ती जनताहरु जो प्रत्यक्ष रुपमा माओवादी केन्द्रसँग आवद्ध भएका छैनन् । उनीहरुको एकतालाई माओवादीको एमालेमा भएको बिलयको रुपमा नै लिने अवस्थामा देखिन्छन्। उनीहरुले त्यस्तो ठान्नु मुनासिब नै देखिन्छ पनि । दुई तीन कारणहरुले एमाले माओवादी एकतालाई  माओवादीको बिलयको रुपमा नै देखिन्छ। 

 पहिलो कारण, एमालेकै कारण माओवादी पछिल्ला चुनावमा सम्मानजनक सिटहरुमा बिजयी मात्र भएन, दुुईवटा प्रदेशमा सरकारको नेतृत्व  गर्न पायो। एमालेसँग तालमेल नगरेको भए माओवादीले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ दश स्थान पनि नजित्ने पक्का थियो। तर उसले एमालेको सहयोगमा प्रत्यक्ष तर्फ प्रतिनिधिसभाका ३६ सिट जित्यो। जब कि कांग्रेसले २३  ठाउँमा मात्र जित्यो। यो जित माओवादीका लागि निकै ठूलो थियो जुन ए्मालेका सहयोगबिना संभव थिएनन। 

दोस्रो कारण , २०६४ को संविधानसभा चुनावमा पहिलो स्थानमा आएको माओवादी केन्द्र उसका आफ्नै कारणले यति कम्जोर भयो कि पार्टी अध्यक्ष दाहालले बारम्बार पार्टी बिघटन नै गर्ने धम्कि दिनुपर्यो। 

तेस्रो कारण , स्थानीय चुनावमा कांग्रेससँग गरिएको असफल   चुनावी तालेमल । कांग्रेसीहरुले भरतपुरमा बाहेक अन्यतिर माओवादी उम्मेदवारलाई भोट नदिएको देखेका दाहालले कांग्रेससँगको चुनावी तालेमलले काम नगर्ने बुझेका थिए। तसर्थ उनीसँग पार्टी जोगाउन एमालेसँग तालमेल गर्नुको बिकल्प पनि थिएन। यदि माओवादीले एमालेसँग तालमेल नगरेको भए उ एउटा सानो राष्ट्रिय पार्टी हुन्थ्यो। बढीमा २७ – २८ सांसद लिएर । 

यी कारणहरुले गर्दा पनि उनीहरुबीचको एकता साँचो अर्थमा माओवादीको एमालेमा बिलय नै देखिन्छ। नत्र भने संसदीय ब्यवस्था विरुद्ध हतियार उठाएको एउटा शक्तिले आज आएर त्यहि संसदीय दलसँग नै एकता गर्नुपर्ने थिएन पनि । यसै सन्दर्भमा कांग्रेसका पुराना र निष्ठावान नेता कुलबहादुर गुरुङको एउटा भनाई सान्दर्भिक देखिन्छ । उनले ०६४ सालमा नै पङितकारसँग भनेका थिए –‘जुुन शक्तिले यो देशबाट राजतन्त्र फाल्छ त्यो शक्ति पनि त्यसैगरी दुई चार बर्षमा नै फालिन्छ ।’  राजतत्त्रको अन्त गर्ने शक्ति माओवादी राजतन्त्र अन्त्यको नौ बर्षमा नै फ्याँकिएको छ अर्थात् बिलिन हुन लागेका छ। त्यसैले  ओलीले वा दाहालले जे भनेपनि यीनीहरुको पार्टीबीचको एकतालाई माओवादीको बिलय भएको नै देखिन्छ। अर्थात् एमालेले माओवादी निल्दैछ । 

तर यो निलाई एकतर्फि पनि हुने छैन। किन कि माओवादी निलेको एमालेका नेताहरुलाई पाँंच सात बर्षपछि माओवादीका अहिलेका अध्यक्ष दाहालले  पनि निल्ने नै छन्। राजनीतिका चतुर खेलाडी दाहालले खुला प्रतिस्पर्धाबाटै एमालेको अध्यक्ष पद जित्ने छन्, एकता महाधिवेशन पछिको पहिलो महाधिवेशनमा । यदि एमाले माओवादी एकता धेरै टिकेन नै भनेपनि दाहालले नेतृत्व गरेको समूह नै शक्तिशाली हुुने देखिन्छ। ओली पछि म नै अध्यक्ष हुन्छु भनेर अहिले कुनै एमाले नेताले ठानेका छ भने उसको रहर कहिल्यै पुरा हुने देखिदैन। किन कि एकता पछि नेपाल खनाल र दाहाल एकै ठाउँमा हुने छन् । 

त्यसो त अहिलेको एमाले तत्कालिन माले  र माक्र्सवादीबीचको एकताबाट जन्मिएको  र त्यहि एकता यसको राजनीतिक शक्तिकौ स्रोत पनि रह्यो। अर्थात् माक्र्सवादीका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वले एमालेको उचाई बढायो। तर माक्र्सवादीबाट आएका तीन चार जनाले मात्र एमालेमा अवसर पाए। अवको नयाँ पार्टीमा पनि दाहाल र केहि सीमित माओवादी नेताले मात्र नयाँं पार्टीबाट राजनीतिक दुनो सोझ्याउने देखिन्छ। 


 

कांग्रेस सभापतिहरुलाई थाहा छ ? यस्ता छन् पार्टीभित्र १९ रोग

राजनीतिमा मात्र नभएर जीवनका सबैखाले व्यवहारमा सबैभन्दा सजिलो काम हो आरोप लगाउने । अनि अर्काे सजिलो काम हो जिम्मेवारीबाट भाग्ने । आरोप लगाउने र

पूर्व सभामुखको काइते तर्क ! 

 १. प्रतिनिधिसभा र प्रदेशसभाका ‘सभामुख र उपसभामुख’ फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ भन्ने संविधानको व्यवस्था हामीले अपनाएको राजनीतिक

अविश्रान्त यात्री, चाचा जी, को अभिनन्दन्

आफ्नालागि त जो पनि बाँच्दछन्, अर्काका लागि, समाज र देशका लागि बाँच्नु पो सार्थक बाँच्नु हो । यो नयाँ भनार्ई होइन । परम्परादेखि चल्दै आएको यो शास्वत भनाई

प्रत्यक्ष निर्वाचित कार्यकारीः प्रचण्डको कीर्ते काइदा

 नेपालमा विदेशबाट सबैभन्दा धेरै आयात भएको चिजवस्तु कुन हो ? एजेण्डा हो । नेपालमा यति धेरै एजेण्डा आयात गरिएको छ कि कुन एजेण्डा स्वदेशी र कुन विदेशी हो