सवै भन्दा ठूलो ‘म्याराथन’मा ३५ हजार सहभागी

जेरुसलेम, २६ फागुन । इजरायलको जेरुसलेममा भएको म्याराथन दौडमा ३५ हजारभन्दा बढी प्रतियोगी सहभागी भएका छन् । 

शुक्रबार भएको म्याराथनमा सहभागीमध्ये चार हजार विदेशी नागरिक रहेका अधिकारीहरूले जनाएका छन् । यो अहिलेसम्मकै सवैभन्दा धेरै सहभागी म्याराथन दौड भएको बताइएको छ । 

म्याराथन दौड स्थानीय समयानुसार बिहान ६।४५ मा सुरु भएको थियो भने दिउसो २ बजे सकिएको थियो । 

सो म्याराथन दौडमा चीन, अमेरिका, जर्मनी, पोल्याण्ड, पोर्चुगललगायत ७२ भन्दा बढी देशका धावक सहभागी भएका थिए । 

इजरायलभन्दा बाहिरका देशमध्ये हङकङले सवैभन्दा धेरै धावकहरू सहभागी गराएको थियो । हङकङपछि लस एन्जेल्स, बेइजिङ र लण्डनले धेरै धावकलाई म्याराथनमा दौडिन लगाएको थियो । रासस/सिन्ह्वा

गोलको बर्षात् भएको खेलमा बेल्जियम विजयी

काठमाडौं, ९ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार भएको पहिलो खेलमा बेल्जियमले ५–२ गोलअन्तरले ट्युनिसियालाई पराजित गरेको छ । रसियाको राजधानी मस्कोमा

जर्मनीको विश्वकप भविष्यको फैसला आज

काठमाडौं, ९ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार हुने तेश्रो खेलमा स्वीडेन र जर्मनी खेल्दैछन् । नेपाली समय अनुसार राती ११ः४५ मा शुरु हुने समुह ‘एफ’

बलियो मेक्सिकोलाई कोरियाको चुनौती

काठमाडौं, ९ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार हुने दोश्रो खेलमा मेक्सिको र साउथ कोरिया खेल्दैछन् । नेपाली समय अनुसार राती ८ः४५ मा शुरु हुने समुह

जितको लय कायम गर्ने बेल्जियमको लक्ष्य

काठमाडौं, ९ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार हुने पहिलो खेलमा बेल्जियम र ट्युनिसिया खेल्दैछन् । नेपाली समय अनुसार साँझ ५ः४५ मा शुरु हुने समुह