त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनलमा


 

सुरुङ्गा, झापा, २६ फागुन । मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बनेको थियो । श्रेष्ठले खेल शुरु भएको दुई मिनेटमै गोल गरेका थिए । 

आजको हारसँगै डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब भने यो पटक सेमिफाइनलबाटै बाहिरिएको छ । 

खेलको म्यान अफ दि म्याच त्रिभुवन आर्मीका गोलरक्षक विकेश कुथु घोषित हुँदै रु २५ हजार पुरस्कार पाएका छन् । 

आगामी सोमबार उपाधिका लागि आयोजक झापा–११ र त्रिभुवन आर्मीबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको बिजेताले रु १२ लाख ५१ हजार र उपविजेताले रु छ लाख पुरस्कार पाउने छन् । रासस

गोलको बर्षात् भएको खेलमा बेल्जियम विजयी

काठमाडौं, ९ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार भएको पहिलो खेलमा बेल्जियमले ५–२ गोलअन्तरले ट्युनिसियालाई पराजित गरेको छ । रसियाको राजधानी मस्कोमा

जर्मनीको विश्वकप भविष्यको फैसला आज

काठमाडौं, ९ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार हुने तेश्रो खेलमा स्वीडेन र जर्मनी खेल्दैछन् । नेपाली समय अनुसार राती ११ः४५ मा शुरु हुने समुह ‘एफ’

बलियो मेक्सिकोलाई कोरियाको चुनौती

काठमाडौं, ९ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार हुने दोश्रो खेलमा मेक्सिको र साउथ कोरिया खेल्दैछन् । नेपाली समय अनुसार राती ८ः४५ मा शुरु हुने समुह

जितको लय कायम गर्ने बेल्जियमको लक्ष्य

काठमाडौं, ९ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार हुने पहिलो खेलमा बेल्जियम र ट्युनिसिया खेल्दैछन् । नेपाली समय अनुसार साँझ ५ः४५ मा शुरु हुने समुह