जाजरकोटमा बेड पचास, डाक्टर एक 

जाजरकोट, २६ फागुन ।  जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ । 

विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० श्ययामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल एकजना चिकित्सकको भरमा चल्दा सेवा प्रवाहमा समस्या भएको छ । 

शल्यक्रिया, विशेषज्ञ सेवालगायतका दर्जन भन्दा बढी सेवा प्रवाह गर्ने भनिए पनि अहिले जिल्लावासीले सामान्य सेवा नपाउँदा असुविधा थपिएको जुनीचाँदे गाउँपालिका–४ का रेशमबहादुर खड्काले बताए । अन्य चार जना डाक्टर बिदामा बसेका कारण दैनिक उपचारमा समस्या भएको छ । विशेषज्ञ, डाक्टर गरी ५९ जनाको दरबन्दी भएको जाजरकोट अस्पतालमा डाक्टर नहुँदा जिल्लावासीले हैरानी भोग्नुपरेको छ । 

स्वास्थ्य मन्त्रालयले जाजरकोट अस्पताललाई ५० श्ययामा विस्तार गरे पनि १५ श्ययाको कार्यक्रम पठाउँदा काम गर्न समस्या भएको अस्पतालको भनाइ छ । जाजरकोट अस्पतालमा विशेषज्ञ डाक्टर ११ को दरबन्दी खाली रहेको छ । 

त्यस्तै चार जना डाक्टरको दरबन्दी भए पनि अहिले एक जना मात्र कार्यरत रहेका छन् भने अन्य खाली रहेको छ । ल्याब, एचएको दरबन्दी पनि खाली रहेको छ । सदरमुकामकै जाजरकोट अस्पतालको हालत यो अवस्थामा छ भने गाउँमा रहेका स्वास्थ्य संस्थाको हबिगत कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा बारेकोट दुई जना डाक्टरको दरबन्दी भए पनि अहिले केन्द्र अस्पतालविहीन भएको छ । 

त्यस्तै गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा पनि त्यस्तै समस्या रहेको छ । जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा जिल्लाको स्वास्थ्यमा ठूलो समस्या छ । आवश्यक उपकरणको अभावमा जिल्लाका सबै स्वास्थ्य संस्थामा समस्या भएको छ ।

जाजरकोट सदरमुकाममा अस्पतालको प्रसूति गृह लगाएतका भवन समयमा निर्माण नहुँदा सेवाग्राहीले सास्तीपूर्वक सेवा लिन बाध्य भएका छन् । अस्पतालमा डाक्टर नहुँदा यहाँका स्थानीयवासी देशका अन्य ठाउँमा गएर उपचार गर्न बाध्य छन् । रासस
 

पेनकिलर खानाले ४५० को ज्यान गयो

लण्डन । ब्रिटेनस्थित एउटा अस्पतालमा दुखाइ कम गर्ने शक्तिशाली औषधि अनुपयुक्त ढङ्गले दिइएका कारण ४५० जनाभन्दा बढी विरामीको ज्यान गएको एउटा

  कलिला आमाको संख्या बढ्दै मेडिकल सिटी चितवनमा 

चितवन, ६ असार । देशका विकट जिल्लाहरुमा कम उमेरका किशोरीहरुले सन्तान जन्माउने गरेका समाचार प्रकाशित भइरहेका बेला मेडिकल शहरको रुपमा विकास हुँदै गएको

गाजर स्तन क्यान्सरबाट जोगाउने अचुक अस्त्र

 नियमित गाजर खाने महिलाहरुलाई स्तन क्यान्सरको भयानक रोगले समाउन नसक्ने विज्ञहरुले दावी गरेका छन् । उनीहरुका अनुसार नियमित गाजर खाएमा स्तन

अश्लिल भिडियो हेर्ने व्यक्तिको मष्तिष्क खुम्चिने खतरा

  किशोर किशोरीले नियमित रुपमा अश्लिल भिडियो र तस्बिर हेर्ने कुलतमा फसे उनीहरुको मष्तिष्कमा असर पर्ने मष्तिष्कको आकार घट्ने अनुसन्धानबाट पत्ता