प्रचण्डले सरकार छाड्न सक्छन्

क्रमभङ्गताको नाउँमा प्रचण्डले कुनै पनि दिन सरकार छोड्ने निर्णय गर्न सक्दछन् ! त्यसकोलागि उनलाई वाध्य पनि पारिन सक्दछ ! 

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणबारे धेरै मित्रहरूले मेरो विचार जान्न फोन गरिरहनु भएकोले आफ्नो विचार बुँदागत रूपमा यसरी राख्दछु !

१. नेपालको सन्दर्भमा यति संवेदनशील भ्रमण अपर्झट निर्णयबाट भएको हुन सक्दैन ।

बधाई दिने उद्देश्य मात्रैले यति उच्चस्तरीय भ्रमण भएको नहोला – पाकिस्तानका विदेशमन्त्री वा अन्य कुनै उच्चाधिकारी बधाई सन्देश लिएर आउन सक्थे !

सार्क सम्मेलनको विषय पनि नहोला, किन कि पाकिस्तान र सार्कको सवालमा भारतको मत परिवर्तन गर्ने राजनीतिक सामर्थ्य र कूटनीतिक कौशल नेपालसँग छैन ! 

२. यो भ्रमणकोलागि ओली सरकार र पाकिस्तानी सरकारले लामो गृहकार्य गरेको हुनुपर्दछ ! यसमा चीनियाँ पक्ष पनि जोडिएको हुनुपर्दछ !
ओलीजीका केही भारतीय मित्रहरूसँग पनि परामर्श नभई यो भ्रमण भएको नहोला ! नेपाली राजनीतिका केही पक्षहरू र भारत र चीनलाई केही स्पष्ट सङ्केत र सन्देश दिने उद्देश्य पनि ओली सरकारले राखेको देखिन्छ !

३. ओलीको यो निर्णयले स्वतन्त्र परराष्ट्र नीतिको संचालनमा वीपी कोइराला र राजा महेन्द्रको स्मरण गराउँछ ! तर वीपी र राजा महेन्द्रको पालाको जस्तो बलियो राज्य अहिले नेपालसँग छैन ! राजनीतिकरूपमा ओली त्यति शक्तिशाली छैनन् ! क्रमभङ्गताको नाउँमा प्रचण्डले कुनै पनि दिन सरकार छोड्ने निर्णय गर्न सक्दछन् ! त्यसकोलागि उनलाई वाध्य पनि पारिन सक्दछ !  वीपी र राजा महेन्द्रकै जस्तै सूक्ष्म र गहन कूटनीतिक कौशल पनि सम्भवत छैन कि ? 

त्यो प्रदर्शन होस् – शुभकामना !

४. यो निजी भ्रमण थिएन , टुँडिखेलमा गार्ड अफ अनर दिने राज्य अभ्यासको थालनीकै लागि पाकिस्तानी प्रधानमन्त्रीलाई चयन गरिएको छ – नेपालको कूटनीतिक इतिहासमा यो विशिष्ट घटना हो । तर नेपाल आउने विशिष्ट पाहुनाहरूले विपक्षी दलका नेताहरूलाई भेट्ने स्थापित अभ्यास थियो तर यो भ्रमणमा प्रमुख प्रतिपक्षी दल मात्र नभएर वर्तमान नेपालमा सबैभन्दा लामो समयसम्म सरकार प्रमुख रहेका काङ्ग्रेस सभापति शेरबहादुर देउवासँगको भेटघाटबारे पढिएन–सुनिएन ! 

त्यो सार्वजनिक भएन ! 

त्यस्तो भेटघाट नभएको भए त्यो अर्को जटील पक्ष हो ! यसले मुलुकको परराष्ट्र नीतिमा प्रमुख प्रतिपक्षी दलले स्वामित्व लिने वातावरण बन्दैन र त्यसले उत्पन्न गर्ने दवाव र तनाव ओली सरकार र मुलुकलाई सजिलो हुन्न !

(भ्रमणबारे मननीय यो टिपोट केशब प्रसाद भट्टराईको फेसबूकवालबाट) 
 

एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने काँग्रेसको संकल्प

  हेटौँडा, ८ असार । नेपाली काँग्रेसका जिल्ला सभापतिको भेलाले विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै चुनौतीको सामना गर्न एकताबद्ध भई सशक्त ढंगले

सभापति देउवासँग युवा नेताहरुको प्रश्न- कांग्रेस कहाँ चुक्यो ?

काठमाडौँ, ६ असार । नेपाली काँग्रेसका युवा नेताहरुले सबल प्रतिपक्षका लागि पार्टीमा सशक्त नेतृत्वको खाँचो रहेको औँल्याएका छन् ।  मंगलबारदेखि

‘प्रधानमन्त्रीबाटै भ्रमण निर्देशिकाको अवहेलना’

काठमाडौं, ६ असार ।  दक्षिणी छिमेकी भारतको भ्रमण पश्चात् हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई निकै चासोका साथ हेरिएको

 जिल्ला सभापति भेलालाई देउवाको सम्वोधन, कांग्रेसलाई पहिलो पार्टी बनाउने घोषणा

काठमाडौं,५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने घोषणा गरेका छन् । हेटौंडामा