आईबी राईप्रति भारतीय संचार किन पूर्वाग्रही

हालै निधन भएका साहित्यकार इद्रबहादुर राई (फरवरी १९२७–मार्च २०१८)  लाई मैले व्यक्तिगत रुपले चिनेको थिईंन । अहिले म मञ्जुश्री थापा र प्रविन अधिकारीले हालै अनुवाद गरेका दुई पुस्तक पढ्दै छु । यी दुई पुस्तक पढ्दै गर्दा मैले धेरै निकटता महसुस गरिरहेको छु जुन यस अघि कुनै पनि नेपाली लेखकका पुस्तक पढ्दा महसुस गरेको थिईन । यो किन पनि भएको हुनसक्छ भने राईले नेपाली डायस्पोरालाई संवेदनशील तरिकाले लेखेका छन् जसले नेपाल बाहिर बसेर पनि नेपालीको भावनालाई छुनेगरी लेखेका छन् ।

राईले लेखेको ‘आज रमिता छ’ दार्जिलिङको महत्वपूर्ण उपन्यास हो जुन गोर्खाल्याण्ड आन्दोलन सुरु हुनुभन्दा पहिले नै लेखिएको हो । जतिबेला कम्युनिष्टहरुले चिया बगानका मजदुरलाई एकजुट गराउँदै थिए । विशेष गरी नेपाली आप्रवासीलाई । 

यो यस्तो उपन्यास हो जहाँ खासै केही हुँदैन र पनि त्यहाँ सधैं पूर्वाभजनको भावना हुन्छ । जसले भविष्यलाई परिवर्तन गरिदिन्छ । तर यो मुटु हो, यो यस्तो उपन्यास हो जुन राईका अन्य प्रचलित कथाको एउटा विषयमा केन्द्रित छ । 

उपन्यासको कथा १८१६ को एङलो गोर्खा युद्धपछि प्रवासी नेपालीको मुगलान यात्रासँग सम्बन्धित छ । त्यतिबेला नेपाली मजदुरलाई चिया बगानमा काम लगाईन्थ्यो, गोरखा सैनिक दार्जिलिङको पहाडमा बस्न थालेका थिए भने नेपाली व्यापारी तिब्बतसँगको व्यापारका लागि कालिङपोङ जाने गर्थे । राईले परम्परागत आफ्नो लेखनलाई निरन्तरता दिइरहे । 

 राईले लेखनमा मात्र नभई अखिल भारतीय नेपाली भाषा समिति मार्फत पनि नेपाली भाषाको प्रवद्धर्नमा योगदान दिएका थिए । जसले गर्दा भारतको संविधानमा पनि नेपाली भाषाले मान्यता पायो । सन् १९७६ को सुरुवातमा उनी  आफ्ना पुस्तक तथा निबन्धका लागि साहित्य एकेडेमीबाट पनि सम्मानित भएका थिए । दुःखको कुरा उनको निधनमा भारतीय मुलधारका सञ्चार माध्यमले महत्वनै नदिएको पाएँ । नेपालले भने उनलार्ई आफ्नै दाबी गर्यो । 

जब राईजस्ता लेखकहरुको निधन हुन्छ, उनको निधनमा शोक व्यक्त गरेर मात्र हुँदैन । अन्य यस्ता कथाहरु अहिले पनि लेखिनुपर्छ । उनले बैरागी काइँला र ईश्वर बल्लभसँग मिलेर नेपाली लेखनमा तेस्रो आयाम मार्फत आधुनिकता सुरु गरेका  थिए । त्यस यता अहिलेसम्म पनि नेपाली नेपाली साहित्यमा  कुनै नयाँपन देखिएको छैन । सन १९७० मा उनले नेपाली साहित्यमा अर्काे आन्दोलन सुरु गरे । जसलाई लिला लेखन भनियो । 
राईलाई उनले गरेका कामबाट मात्र बुझ्न खोजियो भने साहित्य आन्दोलनले उनीमाथि घोर अन्याय गरेको ठहरीने छ । किनभने शैलीगत तत्वको शुरुवातका अलवा उनको कथामा एक डायस्पोरिक संस्कृतिको आवाज सुनिन्छ । (अमिस राज मुल्मीको यो टिप्पणी दि वायरबाट अनौपचारिक अनुवाद) तस्बिर स्रोत - कान्तिपुर

 सारंगी रेटेरै बिताए दिलबहादुरले जीवनका चारदशक 

 ‘आयो गयो फेरियो व्यवस्था ! आफ्नो भने उस्तै छ अवस्था !!    कल्ले के गर्छ ? पाएसी सबैले आफ्नै पेट भर्छ !!' गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय

 कोलकातामा नेपाली ‘उपियाँ’  

काठमाडौँ, ३१ जेठ । भारतको पश्चिम बंगाल राज्यको कोलकातामा ‘अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’मा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठद्वारा

  ‘सपना हजार’ गीति एल्बम विमोचन

  काठमाडौँ, २६ जेठ । गीति एल्बम ‘सपना हजार’ विमोचन गरिएको छ । डा केशव शर्माको रचना र सन्तोष श्रेष्ठको संगीतमा निर्माण गरिएको उक्त एल्बममा आधुनिक,

राष्ट्रकविको स्वास्थ्यमा सुधार,चाँडै स्वदेश फर्कने

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार