पाँचथर गोल्डकपको दोस्रो संस्करण २५ चैतदेखि

पाँचथर,२४ फागुन । पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो संस्करण आगामी २५ चैतदेखि हुने भएको छ । आयोजक पाँचथर क्लवले बिहीबार फिदिममा पत्रकार सम्मेलन गरी २ बैशाख ०७५ मा प्रतियोगिताको फाइनल हुने जनाएको हो । वाई वाईले मूख्य प्रायोजन गरेको प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ ।

  पाँचथर गोल्डकपको उपाधिका लागि ताप्लेजुङको मिशन युनाइटेड क्लव, रेड हर्ष इलाम, बिर्तामोड युनाइटेड क्लव झापा, डिएफसी मोरङ, सुनसरी–११, बिजय युथ क्लव हेटौडा, जावलाखेल युथ क्लव काठमाण्डौं र आयोजक पाँचथर क्लव प्रतिश्पर्धामा रहनेछन् ।

प्रतियोगिताको प्रथमले उपाधि सहित तीन लाख पाँच हजार पाँच सय ५५ रुपैंयाँ र उप बिजेताले एक लाख ५५ हजार पाँच सय ५५ रुपैंयाँ प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न २७ लाख ६० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजक पाँचथर क्लवका अध्यक्ष अनुराग मगरले बताए । 
 
 

गोलको बर्षात् भएको खेलमा बेल्जियम विजयी

काठमाडौं, ९ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार भएको पहिलो खेलमा बेल्जियमले ५–२ गोलअन्तरले ट्युनिसियालाई पराजित गरेको छ । रसियाको राजधानी मस्कोमा

जर्मनीको विश्वकप भविष्यको फैसला आज

काठमाडौं, ९ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार हुने तेश्रो खेलमा स्वीडेन र जर्मनी खेल्दैछन् । नेपाली समय अनुसार राती ११ः४५ मा शुरु हुने समुह ‘एफ’

बलियो मेक्सिकोलाई कोरियाको चुनौती

काठमाडौं, ९ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार हुने दोश्रो खेलमा मेक्सिको र साउथ कोरिया खेल्दैछन् । नेपाली समय अनुसार राती ८ः४५ मा शुरु हुने समुह

जितको लय कायम गर्ने बेल्जियमको लक्ष्य

काठमाडौं, ९ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार हुने पहिलो खेलमा बेल्जियम र ट्युनिसिया खेल्दैछन् । नेपाली समय अनुसार साँझ ५ः४५ मा शुरु हुने समुह