स्थानीय निकायलाई अधिकार सम्पन्न बनाइने

हेटौँडा, २३ फागुन ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिको भूमिकालाई थप प्रभावकारी बनाउनका लागि उनीहरुलाई अधिकार सम्पन्न पार्न केही दिनभित्रै ल्याइने बताएका छन्  । 

जिल्ला समन्वय समिति महासंघ नेपालका तर्फबाट प्रदेश नं ३ जिल्ला समन्वय महासंघका अध्यक्ष रघुनाथ खुलालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिएको ज्ञापनपत्र बुझ्दै उनले  जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि आर्थिक कारोवारसहित कार्य क्षेत्र विस्तार गर्न गृहकार्य भइरहेको जानकारी दिए । 

सो ज्ञापनपत्रमा प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवद्र्धन गर्दै जिल्लासभाका काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न, जिल्लासभाको सञ्चालन, जिल्ला समन्वय समितिका पदाधिकारीले पाउने सुविधाबारे आग्रह गरिएको छ । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठलाई पनि संसद् सचिवालयमा भेटी जिल्ला समन्वय महासंघले सो व्यहोराको ज्ञापनपत्र हस्तान्तरण गरेको छ । रासस

निगमको वार्इड बडी खरिदमा राष्ट्र बैंकको प्रश्न

काठमाडौ। नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको एअरबस ३३० - २०० सेरिजको २ नयाँ जहाजका सन्दर्भमा नेपाल राष्ट्र बैंकले पनि प्रश्न उठाएको छ । नेपाल

विमान खरिदमा ६ अर्ब कुम्ल्याउन यस्तो छ चलखेल

काठमाडौं । नेपाल वायु सेवा निगममा नयाँ जहाज खरिद गर्दा करिब ६ अर्ब रुपैंयाँ मिलिजुली खान अनेकौं चलखेल भैरहेको तथ्यहरु फेला परेका छन्। निगमले हाइफ्लाई

यी हुन् महिलाको ब्याङ्क खाता धेरै भएका देश

लण्डन । विश्वमा जम्मा छवटा देशहरू मात्र छन् जहाँ पुरुषको तुलनामा महिला ब्याङ्क-खातावाल धेरै छन्। ती देश हुन्- आर्जेन्टिना, जोर्जिया, इण्डोनेसिया,

सरकार जग्गा कारोबारीको सम्पत्ति छानबिन गर्दै

काठमाडौँ, २ जेठ । सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला