बलिउड कलाकार इरफान खान दुर्लभ रोगले पीडित

मुम्बई । बलिउड कालाकार इरफान खानले आफूलाई दुर्लभ रोग लागेको बताएका छन्। उनले रोग निश्चय भएपछि केही दिनभित्रै त्यसलाई सार्वजनिक गर्ने बताएका छन्। सोमबार ट्विट गर्दै उनले आफ्नो पछिल्लो अवस्थाको बारेमा प्रशंसकहरुलाई अन्दाज नगर्न आग्रह पनि गरेका छन्।

उनले आफनो ट्विटमा लेखेका छन् कि ‘यो १५ दिन मेरो जीवन रहस्यको कथाले घेरियो। थोरै मात्रै मलाई अवगत भएको छ कि रहस्यको कथा खोज्ने क्रममा मैले दुर्लभ रोग प्राप्त गरेको छु।’ रहस्यको कथा खोज्ने क्रममा  मैले दुर्लभ रोग फेला पार्नेछु भन्ने मलाई थाहा थियो। मैले कहिल्यै हार खाएको छैन र आफ्नो इच्छा निम्ति सँधै लडेको छु र लडिरहने छु। यसबेला मेरा साथी र आफन्त मेरो साथमा छन्।

५१ वर्षीय अभिनेता खानले १ सय भन्दा बढि हिन्दी तथा अंग्रेजी भाषाका चलचित्रमा अभिनय गरेका छन्। उनका पिकु, मकबुल, हासिल, पान सिंह तोमर चर्चित चलचित्रहरु हुन भने  लाइफ अफ पाई, स्लमडग मिलिनियर, द अमेजिङ स्पाइडर म्यान, द नेमसेकजस्ता अंग्रेजी भाषाका चलचित्रहरुमा पनि उनले अभिनय गरेका छन् । 

सन् २०१३ मा लन्डन फिल्म फेस्टिबलमा छानिने उनी एक मात्र भारतीय कलाकार थिए भने उनले अभिनय गरेको चलचित्र ‘ब्ल्याकमेल’ प्रदर्शनको तयारीमा छ।  

 

एउटा अभिनयको पारिश्रमिक १२ करोड

 मुम्बई । बलिउड नायिका प्रियंका चोपडा बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने दोस्री नायिका बनेकी छन् । प्रियंकाले हिन्दी चलचित्र भारतका लागि १२ करोड

चौधरी ग्रुपले चलचित्र पनि छोडेन,यस्तो छ भित्री कथा

काठमाडौं । अर्बपति बिनोद चौधरी पुत्र निर्वाण चौधरी परम्परागत व्यापार व्यवसायसँगै चलचित्र उद्योगमा पनि हात हाल्न कस्सिएका छन्। उनले पैत्रिक ब्राण्ड

 अनमोल अब बलिउडमा

काठमाडौं । समकालिन नेपाली फिल्ममा चलेका कलाकार अनमोल केसी निकट भविष्यमा बलिउडसँग जोडिने भएका छन्। अनमोलले नेपाली र भारतीय नायिकासँग अभिनय गर्ने

 राजेश हमालका लागि नयाँ नायिकाको खोजी

काठमाडौं । यसअघिको फिल्म दर्शकले नरुचाएपनि अभिनेता राजेश हमालले आफ्नो जन्मदिन पारेर नयाँ फिल्म खेल्न सम्झौता गरेका छन् । उनले ५४ औं जन्मदिनको अवसरमा