मकैको घोगामा दाना नलाग्दा किसान मारमा

वीरगञ्ज, २२ फागुन ।    भारतको हैदरावादबाट आयात गरिएको बीउ लगाउँदा मकैको घोगामा दाना नलागेपछि बाराका किसान मारमा परेका छन् । 

निजगढ नगरपालिकाको रतनपुरी र कृषि भवनटोल, कोहलवी नगरपालिकाको नयाँबस्ती र आसामटोल, जितपुुर सिमरा उपमहानगरपालिकाको रामनगर, जैतापुर र डुमरवाना, सिम्रौनगढ नगरपालिकाको बेवापुर, कोर्चोवा र भगवानपुर तथा पचरौता नगरपालिकाको कुडवा र बाजुपट्टिका किसान मारमा परेका छन् । 

यस्तै, आदर्शनगर कोतवाल गाउँपालिकाको चिउटाहा र कोतवाली, बारागढी गाउँपालिकाको पथरा, पिपरा, वसन्तपुर र खोपवा, करैयामाई गाउँपालिकाको करैया, इटहर, बिल्हीलगायत गाउँका किसानले लगाएको करिब दुई हजार हेक्टर क्षेत्रफलमा लगाएको मकैको घोगामा दाना नलाग्दा किसानले करोडौँ रुपैयाँ घाटा व्यहोर्नुपरेको जिल्ला कषि विकास कार्यालयका कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिए । 

“घोगा लागे पनि दाना नलाग्ने कारणबारे अनुसन्धान भइरहेको छ,” उनले भने । जिल्लामा किसानले चार हजार ६३५ हेक्टरमा हिउँदे मकैबाली लगाएका छन् भने त्यसमध्ये दुई हजार हेक्टरमा रहेको मकैको घोगामा दाना नलाग्दा किसानलाई रु दुई करोडभन्दा बढीको घाटा भएको कार्यालयले जनाएको छ । 

सरकारबाट सूचीकृत भएका ड्रागन, बन्नी, श्रेष्ठा, यनएम एच १२४७, ७३१, ७१३ लगायत जातका मकैको घोगामा दाना नलागेको कार्यालयले जनाएको छ । भारतको हैदरावादस्थित निजी बीज उत्पादन कम्पनीबाट नेपाल आयात गरिएका बीउ कलैयास्थित अरविन्द एग्रो सेन्टरले, ड्रागन बन्नी र श्रेष्ठा जातका मकैको बीउ स्थानीय एग्रोभेटले किसानलाई बिक्री गर्ने गरेको पाइएको छ । 

मकैको घोगामा दाना नलागेपछि क्षेत्रीय कृषि अनुसन्धानका निर्देशक रमन पौडेल नेतृत्वको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी सोबारे पीडित किसानसँग जानकारी लिएको छ । 

प्रदेश नं २ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले यसबारेमा छानबिन गरिने बताएका छन् । रासस
 

निगमको वार्इड बडी खरिदमा राष्ट्र बैंकको प्रश्न

काठमाडौ। नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको एअरबस ३३० - २०० सेरिजको २ नयाँ जहाजका सन्दर्भमा नेपाल राष्ट्र बैंकले पनि प्रश्न उठाएको छ । नेपाल

विमान खरिदमा ६ अर्ब कुम्ल्याउन यस्तो छ चलखेल

काठमाडौं । नेपाल वायु सेवा निगममा नयाँ जहाज खरिद गर्दा करिब ६ अर्ब रुपैंयाँ मिलिजुली खान अनेकौं चलखेल भैरहेको तथ्यहरु फेला परेका छन्। निगमले हाइफ्लाई

यी हुन् महिलाको ब्याङ्क खाता धेरै भएका देश

लण्डन । विश्वमा जम्मा छवटा देशहरू मात्र छन् जहाँ पुरुषको तुलनामा महिला ब्याङ्क-खातावाल धेरै छन्। ती देश हुन्- आर्जेन्टिना, जोर्जिया, इण्डोनेसिया,

सरकार जग्गा कारोबारीको सम्पत्ति छानबिन गर्दै

काठमाडौँ, २ जेठ । सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला