चाँगुनारायणमा बैंकको अभाव

भक्तपुर, २२ फागुन । चाँगुनारायण नगरपालिकामा अझै पनि बैंकिङ सेवाको अभाव रहेको छ । 

नेपाल राष्ट्र बैंकले एउटा स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंक खोल्ने नीति लिए पनि काठमाडौंसँग जोडिएको चाँगुनारायणमा हालसम्म वाणिज्य बैंकको शाखा स्थापना नहुँदा सेवाग्राही मारमा परेका छन् । 

चाँगुनारायण जिल्लाकै सबैभन्दा बढी ग्रामीण भेग समावेश भएको स्थानीय तह हो । यस नगरपालिकाको चाँगुनारायण, नगरकोट, छालिङ, ताथली, सुडाल, चित्तपोललगायत क्षेत्रका बासिन्दालाई बैंक नजिक नहुँदा आर्थिक कारोवार गर्न असहज भएको छ । यहाँका बासिन्दा सहकारीमार्फत आर्थिक कारोवार गर्दै आएका छन् । 

“सहकारीबाट महँगो ब्याजदरमा ऋण लिनुपर्ने बाध्यता छ,” ताथलीका मोहनकुमार छुँकाले भने । सरकारले रु १० लाखभन्दा बढीको आर्थिक कारोवार बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरेपछि समस्या भएको उनको भनाइ छ । 

खाता खोल्न र खातामा भएको रकम झिक्न एक दिनको समय खेर जानेगरी कमलविनायक र सूर्यविनायक धाउनुपर्ने बाध्यता रहेको नगरकोटका धनबहादुर लामा बताउँछन् । धेरै रकम लिएर हिँड्नु पर्दा लुटपाटको डर हुने उनले बताए । 

चाँगुनारायण नगरपालिकामा नगरकोट र चाँगुनारायणजस्ता पर्यटकीय क्षेत्र छन् । यहाँ अस्पताल र कलेजसमेत छन् । सम्पत्ति शुद्धीकरण आयोगले पनि रु १० लाखदेखि माथिको कारोवार गर्दा बैंक र चेकबाट मात्र गर्नुपर्ने निर्देशन जारी गरेको छ । 

चाँगुनारायण नगरपालिकाको आर्थिक कारोवार  माछापुछ्रे बैंक, नेपाल बैंक र कैलाश विकास बैंकमार्फत भइरहेको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । नगरपालिकामा बैंकिङ सेवा ल्याउनका लागि  माछापुछ्रे, प्रभु, सानिमा, एनएनबी, नेपाल बैंकलगायत १० वटा बैंकमा पत्राचार गरी पटक पटक छलफल गरिएको उनको भनाइ छ । अहिले जिल्लामा रहेका बैंक सूर्यविनायक र कमलविनायकमा बढी केन्द्रित छन् । रासस

निगमको वार्इड बडी खरिदमा राष्ट्र बैंकको प्रश्न

काठमाडौ। नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको एअरबस ३३० - २०० सेरिजको २ नयाँ जहाजका सन्दर्भमा नेपाल राष्ट्र बैंकले पनि प्रश्न उठाएको छ । नेपाल

विमान खरिदमा ६ अर्ब कुम्ल्याउन यस्तो छ चलखेल

काठमाडौं । नेपाल वायु सेवा निगममा नयाँ जहाज खरिद गर्दा करिब ६ अर्ब रुपैंयाँ मिलिजुली खान अनेकौं चलखेल भैरहेको तथ्यहरु फेला परेका छन्। निगमले हाइफ्लाई

यी हुन् महिलाको ब्याङ्क खाता धेरै भएका देश

लण्डन । विश्वमा जम्मा छवटा देशहरू मात्र छन् जहाँ पुरुषको तुलनामा महिला ब्याङ्क-खातावाल धेरै छन्। ती देश हुन्- आर्जेन्टिना, जोर्जिया, इण्डोनेसिया,

सरकार जग्गा कारोबारीको सम्पत्ति छानबिन गर्दै

काठमाडौँ, २ जेठ । सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला