‘मैले हेरेको त्यो पहिलो बिरामी,जसको सालमा हँंसिया बाँधिएकोे थियो’

डा. मिरा हाडा अहिलेको परिचित स्त्रीरोग बिशेषज्ञ हुन । आफनोे बुवाको चाहनालाई पुरा गर्न यो पेशा अंगालेको बताउँछिन् उनी  । १९८३ डिसेम्वर महिनामा भारतबाट मेडिकल साइन्स सेकपछि नेपालमा नै काम गर्न शुरु गरेकी डा. मिराले प्रसुती गृह, पाटन अस्पतालमा समेत काम गरिसकेकी छिन् । अहिले उनी बल्खु स्थीत वयोधा अस्पतालमा कार्यरत छिन् । हप्तामा करिब ८० देखि ९० बिरामी जाच्ने डा. मिरा हाडासँग सरलपत्रिकाको लागि सुकृत नेपालले गरेको यो कुराकानी : 

डाक्टरीको शुरुवात कसरी भयो ?
मैले पढ्ेको भारतको वरधा माहात्मा गान्धी स्कुलबाट मेडिकल साइन्स हो । तर पढ्नु भन्दा अघि मेरो बुवाको चाहना थियो कि परिवारको एकजना सदस्य डाक्टर बनोस् । म बुवाको चाहना कै पछि लागे या भनौं बुवा कै पछि लागे । त्यसपछि डाक्टर नै बन्छु भनेर मैले मेडिकल साइन्स पढे । मैले भारतबाट बिएसी सकेकी हुँ । 
तपाईको यो पेशा हो कि रुची
मेरो बुवाको निम्ती मैले उहाँको उदेश्य पुरा गर्नु नै पर्छ भनेर लागेकी हुँ । उहाँको निम्ती पनि लागियो र यो पेशा राम्रो हो भन्ने पनि लाग्यो । बुवाले मलाई बेला बेला बेलामा भन्नु पनि हुन्थ्यो कि डाक्टर भएपछि मैया पुरा काम गर्नुपर्छ । अरु डाक्टर साथीहरुको उदाहरण पनि दिनुहुन्थ्यो । त्यसैले परिवारको एउटा सदस्य डाक्टर बनोस् भन्ने उहाँको एउटा ठुलो चाहना थियो । 
तपाईले पहिलो काम गरेको अस्पताल कुन थियो ?  
मैले भारतबाट फर्किने बित्तिकै प्रसुती गृहमा काम शुरु गरेकी हुँ । प्रसुती गृहमा मेडिकल डाक्टरको रुपमा मैले काम शुरु गरेकी थिए । १९८४ मा मैले प्रसुती गृहमा काम शुरु गरेकी थिए । त्यतिबेला आनन्द थियो । काम गराई एकदमै मज्जाको हुन्थ्यो । फेरी म त जहाँ गए पनि सबैसँग चाडै नै घुलमिल हुन्छु । आफुले राम्रो काम गर्नुपर्छ सबैले त्यतिकै मन पराउँछ । 
त्यतिबेलाको बिरामी कस्ता थिए त ? 
त्यतिबेलाको बिरामीहरु सोझा हुन्थे । डाक्टर भनेपछि बेग्लै किसिमको सम्मान गर्थे । यसको मतलब यो होइन कि अहिले त्यस्तो हुँदैन तर अहिले जस्तो हाईफाई हुदैन्थ्यो । अहिले र पहिलाको वातावरण नै भिन्न छ । पहिला मान्छेहरुमा रोगहरु पनि त त्यस्तो देखिदैन्थ्यो ।
प्रसुती नै रोज्नुको कारण के हो नी ?  
मैले एम वि वि एस पढ्दा बुवालाई एउटा चिठी लेखे कि म अब हाड्जोर्नेको डाक्टर बन्छु भनेर किनभने नेपालमा एकदमै दुर्घटना पनि भइरहेको हुन्छ त्यसैले म यसमा नै डाक्टरी गरु के गर्ने भनेर सोधे र बुवाले मलाई तिमी त के हो एउटा स्त्री भएर स्त्रीको कुरा नगरिकन तिमीलाई त्यहाँ किन जानु परेको छ भनेर भन्नु भयो । तिमी स्त्री कै रोग उपचार रुची देखाउ भनेर भन्नुभयो । त्यसपछि मेरो प्रसुती मा नै पोस्टिङ भयो र मेरो रुची पनि त्यतातिर नै जान थाल्यो । बिस्तारै बिस्तारै प्रसुती डाक्टर भनेर धेरैले चिन्न पनि थाले । 

यो पेशामा लाग्नु भएको कति वर्ष भयो ? 
मैले काम गरेको १९८३ डिसेम्बरमा मैले पास गरेको थिए । अब अहिलेसम्म काम गरिरहेको छु । मलाई काम गर्दा एककिसिमको आन्नद महशुस हुन्छ ।  
यतीका वर्ष काम गर्दा केही उतारचढाव र केही त्यस्ता परिवर्तन के देख्नुभयो ?
यो क्षेत्रमा मैले धेरै कुराहरु देखे । प्रसुती पछि मैले पाटन अस्पतालमा काम गरे । पाटन अस्पतालमा काम गर्दा अप्रेसनको को मुल्य नै १० प्रतिशत १५ प्रतिशत भन्दा तल हुन्थ्यो तर अहिले यसको मुल्य ५० प्रतिशत लिन्छन् । यो दश वर्षको बिचमा धेरै नै उतारचढावहरु भएका छन् । प्रेग्नेन्सी भएको रोगहरु पनि बढि र अप्रेसनको रोगहरु पनि बढि । यो के हो के हो मैले पनि बुझ्न सकेकी छैन । अब वातावरण खानपिनले यस्तो भएको हो जस्तो पनि लाग्छ । 
तपाईले सबैभन्दा पहिला जाँचेको बिरामी सम्झिनुहुन्छ ?
मैले सम्झेर पनि बिर्सन नसकिने घटना छ । त्यो बिरामी मैले पाटन अस्पतालमा हेरेको थिए । यो १५ वर्ष अगाडिको कुरा हो । सायद शुक्रवारको दिन होला । त्यतिबेला नेपाल बन्द थियो । एउटा बिरामी पाल्पा देखि फ्लाइट मा आएको थियो । त्यतिबेला मेरो ड्यिुटी थियो । म तुरुन्त अस्पतालमा राउण्ड सकेर तल आएको मात्र के थिए र इमरजेन्सी पुगेकी पनि थिइन । अचानक डा. मिरा जति सक्दो चाडो इमरजेन्सीमा आउनु पर्यो भनेर मलाई कल आयो । कल आएपछि म दौडेर गए । इमरजेन्सी पुगरे यसो हेर्छु त सालको नालमा हसियाँले बाधेर बिरामी आएको रहेछ । सेतो बिरामी । त्यो देख्नासाथ जति सक्दो चाडो मैले रगत दिन लगाए । १२ देखि १४ प्याकेट दिइयो । त्यति गरेपछि जब बिरामी ठिक हुने अवस्थामा आयो भोलीपल्ट मात्र मैले त्यो बिरामीको अन्य जाँचहरु गरे । त्यो बिरामी बाच्छ कि बाच्दैन भन्ने ठुलो डर थियो र त्यो बिरामी बाच्यो । यो मेरो लागि ठुलो उपल्वधी भएको थियो । 
तपाईले गर्नुभएको पहिलो अप्रेसन कस्तो थियो र कसको थियो ? 
पहिलो कुरा कुनै पनि अप्रेसन गर्दा एकैचोटि मलाई एक्लै गर्न त दिदैन्थ्यो । पहिला सबैले गरेको हेरेर सिक्दा सिक्दा बल्ल तिमी अब अप्रेसन गर्न सक्छौं भनेपछि मात्र मैले शुरु गरेको हो । मैले पहिला गरेको अप्रेसन नै एकदमै राम्रो भएको थियो । मेरो कन्सलटेन्ट पनि मसँग एकदमै खुशी भएको थियो । फेरी प्रेग्नेन्सीमा मुख्य कुरा भनेको ‘बिल्डिङ’ होला भन्ने डर हुन्छ । फेरी त्यस्तो भयो भने पाठेघर नै सिलाउनु पर्ने हुन्छ । मैले अप्रेसन गर्दा सावधानी अपनाउँछु र कहिले डराउनु हुदैन । डराएपछि त सबै कुराहरु बिर्गन्छ र डराउने भए अप्रेसन सर्जेन्ट हुनै भएन नी । 

अहिलेसम्म कति जति अप्रेसन गर्नुभयो होला ? 
यो त म भन्नै सक्दिन । अनगिन्ती नै छ । म त यती नै पुगे भनेर भन्नै सक्दिन । 

पहिला र अहिले को भिन्नता कस्तो देख्नुहुन्छ ? 
पहिला रोग पनि धेरै थिएन र बिरामीहरु पनि धेरै थिएनन् । अहिले धेरै बिरामीहरु कठिन अवस्थामा देखिन्छन् । अहिले खानपिन देखि लिएर सबै कुराहरु बदलिएको छ । अहिले स्वस्थ खानेकुराहरु पाइदैनन् । अहिले खानपिन वातावरण मान्छेहरुको रहनसन सबै ठिक छैन । अब यो कलियुग नै लागेर हो कि म त केही भन्नै सक्दिन । 
तपाई दिनमा कति बिरामी जाच्नहुन्छ ? 
अहिले म पहिला भन्दा आन्नदले बिरामी जाच्छु । चार घण्टा काम गर्छु । पहिलाको जस्तो दवाबमा काम गर्दिन । अहिले हप्तामा ८० देखि ९० बिरामी जाच्ने गर्छु । अब पाटनमा हुँदा त बिहान देखि बेलुकासम्म कति हुन्थे कति ।  
तपाईको दैनिकी बताइदिनुहोस् न ?
म धर्म प्रति एकदमै आस्था राख्ने गर्छु । म बिहान पाँच बजे उठ्छु र आफनो नृत्यकर्म सकेर पुजा पाठ गरिसक्दा साढे नौं बज्छ । त्यसपछि आफै खाना बनाएर यहाँ आउँदा एघार जति बज्छ । यहाँ ४ बजेसम्म बस्छु र बेलुका पनि यता उता गर्यो खाना पकायो र साढे दश बजेतिर सुत्छु । यही नै हो मेरो दैनिकी । 

   

 

 

अधिकारी दम्पतिले बिताएका कष्टदायी ती रातहरु

बुहारी हामीबाट छुट्टिँदा झमक्क साँझ परिसकेको थियो । बस्ने सस्तो होटल खोज्दै हामी डल्लुदेखि कलंकीसम्म पुग्यौं । हिँड्दाहिँड्दा साँझ निख्रिसकेको

ओली फेरिएका छन्, चीन भ्रमणमा कुनै आशा नगरे हुन्छ

काठमाडौं ।   नेपाली सेनाका पूर्वसहायक रथि डा प्रेमसिंह बस्न्यात कुटनीति सम्बन्धका बहुआयाम केलाएर विश्लेषण गर्छन्। उत्तर र दक्षिणसँग बिगतदेखि

\'म एक्लै बाँच्नुको आनन्द लिईरहेकी छु\' - अभिनेत्री मनिषा कोइराला

  उच्च राजनीतिक परिवारमा जन्म, करिअरमा उच्च सफलता,व्यक्तिगत जीवनमा सम्बन्धविच्छेद, क्यान्सर जस्तो भयानक रोग र त्यससँग लड्दै नयाँ जीवन जिउनु चानचुने

  ‘मन त अमिताभ बच्चन बन्दा पनि सन्तुष्ट हुँदैन’ 

लामो समयदेखि ‘मनोक्रान्ति’ भन्दै आउनुभएको छ । यसलाई सरल भाषामा स्पष्ट पारिदिनुस् न ।   भगवान श्रीकृष्णले मान्छेको मन नै बन्धन र मुक्तिको कारण