संसदमा पनि उमेर लफडा,गलत विवरण पेश गर्ने यादव जेष्ठ सांसद

पछिल्लो समय फरक फरक जन्ममितिका कारण प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली चर्चामा छन् । उनले फरक फरक जन्ममितिमा फरक फरक नागरिकता बनाएका समाचार सार्वजनिक भएपछि यो विषयले सबैको ध्यान खिचेको थियो । प्रधानन्यायाधीश जस्तो सम्मानित पदमा हुने व्यक्तिको समेत फरक फरक जन्ममिति देखिएपछि भ्रष्टाचार र अनियमितताको पक्षमा आवाज उठाउँदै आएका डा. गोविन्द केसीले त्यसको विरोधमा अनशन नै सुरु गरे । पछि उनलाई अदालतको मानहानीको आरोपमा पक्राउ समेत गरियो ।  केसीको पक्षमा जनमत बलियो हुँदै गएपछि उनलाई थुनामुक्त गरियो । पछि उनै केसीको समेत फरक फरक जन्ममिति भएको पत्ता लाग्यो । यो कुरालाई स्वयं केसीले समेत स्वीकार गरे । 
अहिले आएर उमेरको लफडा सांसदको जेष्ठ सदस्यसम्म आइपुगेको छ । संघीय संसदको पहिलो बैठकमा राष्ट्रिय जनता पार्टीको टिकटमा निर्वाचित ६३ वर्षिय महेन्द्र राय यादवले ८० वर्षे भूमिका निर्वाह गरेर सपथ खुवाउदै छन् । उनको वास्तविक उमेर ६३ वर्ष भएपनि गलत विवरण भरेर उनले आफ्नो उमेर ८० वर्ष पुर्याएका हुन् ।  उनी आफैले पनि गलत विवरण प्रस्तुत गरेको स्वीकार गरिसकेका छन् तर पनि सपथ खुवाउनका लागि  ज्येष्ठ सदस्यका रुपमा आइतबार १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले यादवलाई पद तथा गोपनीयताको शपथ खुवाउदै छिन् । 
राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ ग्रहणको तयारी सकिएको जानकारी दिएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा ज्येष्ठ सदस्यको शपथ लिएपछि उनले नै प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने छन् ।  प्रतिनिधिसभाका सभामुखको निर्वाचन नभएसम्म उनले नै बैठकको अध्यक्षता गर्ने गरी व्यवस्था मिलाइएको छ । यादव प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका तर्फबाट सर्लाही क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।  

  पर्व र समय सुधारको माग

काठमाडौँ, ९ असार । वर्षको छोटो र लामो दिन, दिन र रात बराबर भएको तिथि र त्यससँग सम्बन्धित संक्रान्ति पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुपर्नेमा जोड दिइएको छ

  एसईईको परीक्षाफल सार्वजनिक

  भक्तपुर, ९ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल

 चोरीका गहना र नगदसहित तीन पक्राउ

  काठमाडौँ, ९ असार ।  महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र

निष्क्रिय पत्रकारको सदस्यता नवीकरण नहुने

बागलुङ, ९ असार । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निष्क्रिय पत्रकारको सदस्यता नवीकरणको सिफारिस नगर्ने भएको छ ।  दुई वर्षभन्दा बढी समयदेखि