राष्ट्रिय सभामा मनोनित तीनजनालाई शपथ नगराउन सर्बोच्चको आदेश

काठमाडौं, १३ फागुन । सर्वोच्च अदालतले राष्ट्रिय सभामा सरकारले मनोनित गरेका तीनजनालाई तत्काल सपथ नगर्न र नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

आईतबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आगामी २० गते हुने सपथमा डा। युवराज खतिवडा, रामनारायण बिडारी र डा। विमला पौडेललाई सदस्यको हैसियतमा सपथ नगराउन आदेश दिएको हो ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले आफूहरुका लागि गरेको सिफारिस फिर्ता गरी नयाँ सरकारले तीन जनालाई सिफारिस गर्ने काम गलत भएको भन्दै गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

‘तत्कालिन सरकारले गरेको सिफारिस कुनै संवैधानिक आधार बिना राष्ट्रपतिले अस्विकार गर्न मिल्ने नदेखिएको,’ भन्दै सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

राष्ट्रियसभाको सदस्यका लागि मनोनित पुराना तीनजनाको सिफारिस राष्ट्रपतिले फिर्ता गर्नसक्ने प्रावधान संविधानमा उल्लेख भएको नदेखिएको आधारमा समेत अन्तरिम आदेश भएको हो ।

साथै सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि २० गते बोलाएको छ । देउवा सरकारले गत माघ २६ गते गोपाल बस्नेत सहित ३ जनाको नाम सिफारिस गरेको थियो । तर प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार बनेपछि गत ८ गते खतिवडासहित तीनजनाको नाम सिफारिस गरेको थियो । राष्ट्रपतिले भने पछिल्लो सिफारिस अनुसार तीनजनालाई मनोनित गर्ने निर्णय गरेकी थिइन् ।
 

  पर्व र समय सुधारको माग

काठमाडौँ, ९ असार । वर्षको छोटो र लामो दिन, दिन र रात बराबर भएको तिथि र त्यससँग सम्बन्धित संक्रान्ति पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुपर्नेमा जोड दिइएको छ

  एसईईको परीक्षाफल सार्वजनिक

  भक्तपुर, ९ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल

 चोरीका गहना र नगदसहित तीन पक्राउ

  काठमाडौँ, ९ असार ।  महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र

निष्क्रिय पत्रकारको सदस्यता नवीकरण नहुने

बागलुङ, ९ असार । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निष्क्रिय पत्रकारको सदस्यता नवीकरणको सिफारिस नगर्ने भएको छ ।  दुई वर्षभन्दा बढी समयदेखि