नेपाल भारत सम्बन्धमा कहिलेकाहिँ गलत बुझाई भयोः बिजेपी नेता  कोशियारी 

काठमाडौं, १३ फागुन । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)कोे प्रतिवेदन दुवै देशका लागि सकारात्मक हुने बताईएको छ ।

समूहको सातौँ बैठकपछि आईतबार आयोजित पत्रकार सम्मेलनमा उक्त समूहका नेपाल संयोजक डा भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले दुई देशको सम्बन्धलाई अझ उचाईमा पु¥याउने गरी प्रतिवेदन ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने र समयसापेक्ष आधार खडा गर्ने उद्देश्यमा कुनै उतारचढाव आएको छैन भन्दै डा थापाले भने, “अहिलेसम्म १९५० को सन्धिदेखि लिएर सीमासम्मका विषयमा आफ्ना अवधारणा प्रस्तुत गरिएको छ, यसलाई सकारात्मकबाहेक अरु केही भन्न सकिँदैन ।” केही महिनाभित्र सकारात्मक प्रतिवेदन दिईने विश्वास दिलाउँदै उनले आफूहरुले सकारात्मक वार्ताका माध्यमबाट दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने लक्ष्य लिइएको बताए ।

भारतीय पक्षका संयोजक कोशियारीले इपिजीको प्रतिवेदनबाट कोही पनि निराश नहुने विश्वास व्यक्त गरे । उनले भने, “म भारतीय सरकारको पक्षबाट यो प्रतिबद्धता व्यक्त गर्छु कि प्रतिवेदनबाट दुई पक्ष खुशी हुनेछन्, कोही पनि निराश हुनुपर्ने छैन ।”

विसं १९५० को सन्धि, व्यापार, वातावरण, जलविद्युतलगायत विभिन्न विषयमा आधारित भएर बैठकमा छलफल भएको बताउँदै संयोजक कोशियारीले विकास, सहयोग र एक अर्का देशका चासोलाई विशेष ध्यान दिएर विचारविमर्श भएको स्पष्ट पारे । भारत–नेपालका सम्बन्धमा कहिलेकाहीँ गलत बुझाइ हुने गरेको उल्लेख गर्दै उनले  वार्तामार्फत दुई देशबीच भएका सन्धिसम्झौतालाई छलफल गरेर प्रष्टता ल्याउन लागिएको बताए ।

द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धिसम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका निम्ति सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन गर्न दुवै मुलुकका प्रधानमन्त्रीबीच सहमति भएअनुसार समूह गठन भएको थियो । सन् २०१६ जुलाईमा पहिलो बैठक बसेको इपिजीको कार्यकाल आगामी चार महिनामा समाप्त हुँदैछ । अर्को बैठक नयाँदिल्लीमा बस्नेछ । रासस 
 

 अदालतको आदेशपछि कोरियामा कुकुरको मासुको अभाव हुने

\\सोल । दक्षिण कोरियाको एक अदालतले मासुका लागि कुकुर नमार्न आदेश दिएको छ ।  बिहीबार आएको अदालतको यस आदेशलाई यहाँका जनावरको अधिकारको वकालत गरिरहेका

कार्यस्थलमा हुने यौनजन्य क्रियाकलाप चिहाउँदै अस्ट्रेलिया सरकार 

क्यानबेरा, अस्टे«लिया, ६ असार । अष्ट्रेलियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको बारेमा अनुसन्धान सुरु गरिएको छ ।  अष्ट्रेलियाले विश्वमा

 उत्तर कोरियाली नेता किम चीन जाँदै

बेइजिङ, ५ असार । उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन जान लागेको खबर छ । उनी दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ जान लागेका हुन्।  सो कुराको

 युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

सोल, ४ असार । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् ।  यसै वर्षको अन्त्यतिर उसले युद्ध