दक्षिण कोरियामै दश लाख बेरोजगार 

सोल, २ फागुन । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । 

यस बेरोजगारको सङ्ख्या ३।७ प्रतिशत सरकारी प्रतिवेदनले देखाएको बुधबार जनाइएको छ । 

जनवरीमा बेरोजगारी सङ्ख्या १ लाख २० हजार पुगेको छ । यो संख्या गत वर्ष सोही समयको तुलनामा १२ हजारले बढेको दक्षिण कोरियाको तथ्याङ्क विभागले जानकारी दिएको छ । 

जनवरी महिनामा रहेको ३।७ प्रतिशत बेरोजगारीको दर गएको वर्षको सुरुदेखि नै परिवर्तन भएको थिएन । तर १५ देखि १७ वर्षको उमेरका व्यक्तिको ८।७ प्रतिशत रहेको बेरोजगारी जनवरीमा ०।१ प्रतिशतमा झरेको छ । 

गत वर्षको मे महिनामा आफ्नो कार्यालय सम्हाल्नु भएका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले विशेषगरी युवा युवतीको बेरोजगारी दरलाई घटाउने प्रण गरेका थिए। यसै अनुसार युवा बेरोजगार सङ्ख्या अतुलनीय हिसाबबाट घटेको पाइन्छ । रासस

विमान दुर्घटनामा ६६ को मृत्यु

तेहरान, ६ फागुन । इरानको जाग्रोस पहाडी क्षेत्रमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ ।  असेमान एयरलाइन्सको विमान

बलात्कारीलाई चार पटकसम्मको फाँसी सजाय

लाहोर, ६ फागुन । पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ ।  अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको थियो ।

प्रेम दिवसमा गोली वर्षिएपछि

  मेक्सीको सिटी, ४ फागुन ।  मेक्सीकोको दक्षिणी सहरमा भ्यालेन्टाइन डेको अवसरमा आयोजित समारोहमा एकजना बन्दुकधारीले गोली चलाउदा सात जनाको मृत्यु

 १७ विद्यार्थीलाई गोलीले भुट्ने क्रुज को हुन्

वासिङ्टन, ४ फागुन । अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुँदै गएको छ ।  यस्ता