दुई नेताको मात्रै व्यवस्थापनले पार्टी एकता सम्भव छैन : नेता नेपाल

चितवन, २ फागुन । एमालेका नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन्। 

बुधबार यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका कार्यकर्ताको पनि व्यवस्थापन गरेर पार्टी एकता गर्नुपर्ने बताए। 

उनले भने– “दुई नेताको व्यवस्थापनले मात्रै हुँदैन । पहिला पूर्व प्रधानमन्त्री भइसकेका, पार्टी सञ्चालनको अनुभव लिइसकेका, स्थायी कमिटीमा रहेका र तल्लोस्तरमा रहेका सबैलाई मिलाउनुपर्छ ।” 

पार्टी एकतामा देखिएका बाधालाई छिटो भन्दा छिटो पन्छाएर पार्टी एकता गर्नु आजको आवश्यकता रहेको उनले बताए। उनले भने–“पार्टी एकता कहिले गर्ने, पार्टीले कस्तो विचार अवलम्बन गर्ने, दिइएको जिम्मेवारी पूरा नगरे परिवर्तन गर्ने, समयमा काम कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरेर पार्टी एकता टुंग््याउनु जरुरी छ ।” 

पहिला सरकार गठन गरेर पार्टी एकता हुनुपर्ने भन्दै उहाँले सरकार गठनका लागि समय आइसकेको बताए। एक फरक प्रसंगमा बोल्दै उनले भने, “काम चलाउ सरकारले गरेका दीर्घकालीन निर्णय अब बन्ने सरकारले उल्टाउने छ ।” रासस

यी हुन् नेकपा झापाका १२ केन्द्रीय सदस्य

बनियानी, झापा, १० जेठ । हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा परेका छन्

पूर्व माओवादी मन्त्रीको गुनासोः म माथि अन्याय भयो

सरल संवाददाता पाँचथर, ९ जेठ । पूर्व नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री श्रीप्रसाद जबेगुले आफूमाथि ठूलो अन्याय र अपमान भएको

पार्टी एकताले सुशासन र समृद्धिको आधार बलियोः प्रधानमन्त्री

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको

यी हुन् नेकपाको ४४१ केन्द्रीय सदस्य, नामावली सहित

काठमाडौँ, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टीले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार नेकपाको