काँग्रेसले समानुपातिक सूची सच्यायो

काठमाडौँ, २ फागुन ।  नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार निर्वाचन आयोगमा पठाएको नामावली सच्याएको छ । 

काँग्रेसले मोहनप्रसाद पाण्डेको नाम हटाई रामबहादुर विष्टको नाम राखेको छ भने दीपशिखा शर्माको नाम हटाइ रंगमती शाहीको नाम राखेको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। 

नाम थपिएका विष्ट र शाही दुबै पिछडिएका क्षेत्रबाट परेका हुन् । यस अघिको सूचीमा नाम रहेका पाण्डे र शर्मा दुबै खस÷आर्य कोटामा परेका थिए । काँग्रेसले बुझाएको समानुपातिक सूचीमा पिछडिएको क्षेत्रबाट कुनै पनि प्रतिनिधित्व नभएको भन्दै आयोगले सच्याउन दुई दिनको समय दिएको थियो ।

काँग्रेसले यस अघिको सूची सच्याएर आजै आयोगमा बुझाउँदैछ । आयोगले दलहरुलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त गरेको समानुपातिक तर्फको सिटअनुसार सूची बुझाउन दोस्रो पटक दिएको समय आज सकिदैछ । 

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माघ २९ गते बसेको बैठकले समानुपातिक स्थानमा नामावली टुंगो लगाई सोही दिन आयोगमा सूची बुझाएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ काँग्रेसले ४० स्थान प्राप्त गरेको छ। रासस
 

 पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिक बन्ने

बैतडी, ८ फागुन । जिल्लामा पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिकको शिलान्यास गरिएको छ ।  दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले

प्रमुख प्रतिपक्ष बिच्क्याउँदै ओली सरकार

काठमाडौं,८ फागुन । सरकारको नेतृत्वमा पुगेलगत्तै बाम गठबन्धनको सरकारले प्रमुख प्रतिपक्षलाई बिच्क्याउने काम सुरु गरेको छ । एमाले अध्यक्ष केपी शर्मा

जीप दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

बाजुरा, ८ फागुन । बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द

कम्युनिष्ट राजनीतिमा ब्रेक थ्रु, एमाले-माओवादी अब नयाँ दल 

काठमाडौँ, ८ फागुन ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच  एकीकरणका प्रारम्भिक सात बुँदे आधारहरुमा सहमति भएको छ ।  प्रतिनिधि सभा तथा प्रदेश