माओवादी केन्द्रबाट निस्कने र भित्रने कमरेडहरु

शनिबार माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बसेको अखिल नेपाल लेखक संघको केन्द्रीय समिति बैठकमा माओवादी–एमाले एकता प्रक्रियाबाट असन्तुष्ट १० जनामध्ये केही फिर्ता भएका छन् । मुलुकभर ६५ जिल्लामा संगठन रहेको संघको नेतृत्व १२५ सदस्यीय रहेको छ । जसमध्ये अध्यक्ष विष्णु भण्डारीलगायत पार्टीको तर्फबाट इञ्चार्ज रहेका विश्वभक्त दुलाल आहुति र सहइञ्चार्ज बलराम तिमल्सिनासहितले ‘पार्टी एकता धोका हो’ भन्दै नयाँ पार्टी गठनको घोषणा गरेका छन् भने वरिष्ठ उपाध्यक्ष यज्ञबहादुर डाँगी विप्लवतिर लागेका छन् । तर, केन्द्रीय सदस्य ठम गुरुङ र सचिव कला अनुरागी विद्रोही मोर्चा छाडेर मूलघरमै फर्किएको बताइन्छ । 

अहिले विष्णुसँग शैलेशलगायत चारजना केन्द्रीय सदस्य छन् । ठूला कम्युनिष्ट पार्टी अब एक ठाउँमा आउनुपर्छ, साम्राज्यवादलाई परास्त गर्न र स्वाधीनताको युद्धलाई पूर्णता दिन सबै वाम एक ठाम हुनुपर्छ भन्ने पक्षमा ११५ जना रहेका छन् । यसबीच विष्णु भण्डारीले समाजवादी लेखक संघ गठन गरेपछि पेरिसडाँडा बैठकले उनलाई आन्दोलनलाई पु¥याएको योगदानको कदर गर्दै बिदाइ गर्ने भन्ने शिष्ट भाषाको प्रयोगसहित संगठनबाट निश्कासन गरेको छ । उनले सम्हालेको जिम्मेवारी हाल केशव सिल्वाललाई दिइएको छ । संगीत स्रोताले भने संगठन छाडेका छैनन्, बैठकमा पनि आउँदैनन् । ‘पहिले अलिक धेरै नै क्रिया–प्रतिक्रिया दिइयो, अहिले मौनता नै ठीक छ’ भन्दै उनी चुपचाप रहेको, केन्द्रीय सचिव केवल बिनावी र कला अनुरागी रिसाउँदै बैठकबाट हिँडेको स्रोतको भनाइ छ । आहुति अहिले साथीहरुलाई बागबजारमा बोलाएर फकाउनमै व्यस्त रहेको अर्को रिपोर्ट छ । लेखकहरुको सो बैठकलाई पार्टीको तर्फबाट मणि थापाले संबोधन गर्दै भनेका थिए, ‘यो एकता भाँड्न विदेशी जर्नेलदेखि नेतासम्म उद्यत रहेछन् । लेखकहरुले त्यसविरुद्ध कदम चाल्नु जरुरी छ ।’

यसअघि जनसाँस्कृतिक महासंघले आयोजना गरेको अन्तक्र्रियामा विष्णु भण्डारीले रिपोर्टिङ गर्दै ‘लेखकहरु कोही पनि पार्टी एकताको पक्षमा   छैनन् । त्यसैले यहाँ आएनन्’ भनेका थिए । आजको जनआस्था साप्ताहिकमा समाचार छ - जवाफमा पार्टी अध्यक्ष प्रचण्डले भने, ‘विष्णुजी, तपाईंहरु सुतेर बस्नुभएकोमा अहिले ब्युँझिनुभएछ, खुशी लाग्यो । कम्तीमा विचारका कुरा गर्न थाल्नुभएछ ।’ त्यसपछि उनले ‘के भन्या तपाईंले, यहाँ बसेका सबै के लाटा–लठेब्रा हुन् ? कुन मुखले यस्तो रिपोर्टिङ गर्दै हुुनुहुन्छ ? यस्तै चाला हो भने आफ्नो बाटो रोज्दा राम्रो हुन्छ’ भन्दै हप्काएका थिए । भण्डारीसँग कला अनुरागी, केवल बिनावी, प्रकाश गुरागाईं, शैलभ निस्केका छन् । स्वप्निल स्मृतिले चाहिँ ‘म गएको होइन’ भन्दै स्पष्टीकरण दिएको बताइन्छ । इन्द्रकुमार श्रेष्ठ ‘सरित’ र प्रमोद धिताल निष्क्रिय छन् । शकुन्तला जोशी भण्डारीकै टिममा छिन् । स्रोतका अनुसार आहुति र भण्डारीको पनि लाइन मिलेको छैन । गोपाल किराँती भने तत्काल विद्रोह नगर्ने मुडमा पुगेका छन् ।
 

बालकृष्ण ढुंगेललाई नियम मिचेर रिहा गरिदै

कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । डिल्लीबजार कारागारमा जेल सजाय

दुई वर्षमा प्रधानमन्त्रीको सम्पत्ति कति बढ्यो ?

प्रधानमन्त्री केपी ओलीका नाममा एभरेष्ट बैंकमा ४२ लाख, माछापुछ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख गरी जम्मा ५२ लाख बचत छ । तर, दुई वर्षअघि श्रीमती

प्रधानमन्त्रीको चीन भ्रमणमा वाणिज्यका १४ एजेन्डा

प्रधानमन्त्री केपी ओलीको निकट भविष्यमा हुने चीन भ्रमणका लागि वाणिज्य मन्त्रालयले १४ वटा एजेन्डा तयार पारेको छ। वाणिज्यले तयार पारेका एजेन्डामा

विदेशीमाथि कडा निगरानी गरिने

विभिन्न उद्देश्यले नेपाल छिरेका विदेशी नागरिकको प्रवेश, उपस्थिति, प्रस्थानलगायत गतिविधिलाई गृह मन्त्रालयले गम्भीर निगरानी गर्ने भएको छ। विदेशी