प्रधानमन्त्रीका अंगरक्षक पक्राउ

कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीको समिपमा बस्नेहरुले यो देशमा कस्ता–कस्ता धन्दा चलाइरहेका होलान् ? आममानिसलाई लाग्छ, ‘सरुवा, बढुवा, कमिसन त्यस्तै न हो !’ तर थोरैले मात्र कल्पना गर्छ कि दिनरात राष्ट्रपति र प्रधानमन्त्रीसँगै बस्नेहरु नै यो देशबाट दुर्लभ वन्यजन्तु गैंडाको खाग तस्करीमा संलग्न हुन सक्लान् भनेर ।

यो तथ्य तब बाहिर आयो, जब रोटेशनमा उपराष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखसहित पाँचजना अति विशिष्ट पदाधिकारीको सुरक्षामा खटिने नेपाली सेनाका हुद्दा हरिबहादुर ढकाल र सिपाही कृष्णबहादुर मगर गैंडाका दुईवटा खागसहित पक्राउ परे । हाल जंगी अड्डामा थुनिएका उनीहरु अति विशिष्ट व्यक्तिको सुरक्षा निर्देशनालयअन्तर्गत कार्यरत छन् । जसको प्रमुख हुन्, फूल कर्णेल विष्णु राउत । दरबारको उत्तरढोकाछेउबाट तीन करोडमा खाग बेच्न सौदाबाजी चल्दै गर्दा उनीहरु सँगै पक्राउ परेका भूपू सैनिक दिलबहादुर ढकाललाई भने प्रहरी हिरासतमा राखिएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा हेर्ने यो पल्टन नारायणहिटीभित्र छ ।स्रोतका अनुसार उनीहरुबाट बरामद खाग पुरानो हो ।

भन्ने जातीय राज्य, गर्ने तस्करी

प्रहरीले दिल्लीबाट ल्याइएको लगभग दुई सय किलो रक्तचन्दनसहित चार जनालाई पक्राउ गरेको छ । यसरी चन्दन तस्करी गर्नेमा भर्खरै दिवंगत कमल छाराहाङको पार्टी संघीय लिम्बुवान उपाध्यक्ष वर्ष ३६ का डिल्लीराम लिम्बू पनि छन् । आजको जनआस्था साप्ताहिकका अनुसार, पक्राउ पर्ने अन्यमा ३७ वर्षीय जनकबहादुर कार्की, ६७ वर्षीय कुमार गुरुङ र ३७ वर्षीय जनक पन्थी रहेका छन् । जनकले कालिमाटीबाट ल्याउँदै गर्दा सो रक्तचन्दन बरामद भएको हो । हाल उनीहरु वन विभागको हिरासतमा छन् ।
 

बालकृष्ण ढुंगेललाई नियम मिचेर रिहा गरिदै

कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । डिल्लीबजार कारागारमा जेल सजाय

दुई वर्षमा प्रधानमन्त्रीको सम्पत्ति कति बढ्यो ?

प्रधानमन्त्री केपी ओलीका नाममा एभरेष्ट बैंकमा ४२ लाख, माछापुछ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख गरी जम्मा ५२ लाख बचत छ । तर, दुई वर्षअघि श्रीमती

प्रधानमन्त्रीको चीन भ्रमणमा वाणिज्यका १४ एजेन्डा

प्रधानमन्त्री केपी ओलीको निकट भविष्यमा हुने चीन भ्रमणका लागि वाणिज्य मन्त्रालयले १४ वटा एजेन्डा तयार पारेको छ। वाणिज्यले तयार पारेका एजेन्डामा

विदेशीमाथि कडा निगरानी गरिने

विभिन्न उद्देश्यले नेपाल छिरेका विदेशी नागरिकको प्रवेश, उपस्थिति, प्रस्थानलगायत गतिविधिलाई गृह मन्त्रालयले गम्भीर निगरानी गर्ने भएको छ। विदेशी