आफूभित्रै विराटको गहन अनुभूति हो –‘परमप्रकाश’

परमप्रकाशको सुन्दरतम अनुभूति पस्किने क्रममा यहाँलाई भनूँ कि – मनुष्यले जब होस खोल्न थाल्यो, उसका विचारधाराहरु चल्न थाले, त्यतिबेलादेखि नै दुईटा प्रश्न सधैं अगाडि आए । एउटा हो– यो जीवन दुःखको, पीडाको, सुखसुविधाको मात्रै शृङ्खला हो कि रु वा यही जीवन अन्धकारबाट उज्यालोतिर, दुःखबाट सुखतिर,परतन्त्रताबाट स्वतन्त्रतातिर र जीवनका असङ्ख्य पीडाहरुका बीचबाटै पनि आनन्दतिरको यात्रा गर्न सकिन्छ ?

अर्थात् दुःखको भवसागरलाई तोडेर मानव जीवनमा सदाका लागि आनन्द वा उज्यालो आउन सक्छ त रु मनुष्यले यी दुई प्रश्न सोध्यो ।
यिनै दुईटा प्रश्नको सेरोफेरोमा आजसम्म इतिहास, मनोविज्ञान, दर्शनशास्त्र, अध्यात्म, धर्म सबै कुरा चलिरहेका छन् । सम्भवतः यी दुई प्रश्न अनादि हुन् । अलिक गहिरिएर विचरण गर्दा यी दुईटा प्रश्न पनि लाग्दैनन्– एउटै प्रश्नका दुईटा पाटा हुन् ।

शदीयौंदेखि यसका दार्शनिक उत्तरहरु पनि खोजिँदै आएका छन् । उत्तर खोज्ने क्रममा कसैले जीवन दुःखै–दुःख हो भने, त कसैले दुःखको शृङ्खला नभएर जीवन महासुख हो भने । तर, यस्ता मन्थनहरु दर्शनमा मात्रै सीमित रहे, विचारमा मात्रै सीमित रहे ।

तर, जब व्यक्ति ध्यानसाधनाको माध्यमबाट आफ्नो केन्द्रबिन्दुमा पुग्छ, अन्तर्यमा पुग्छ, जीवनका सबै अँध्यारा र दुःखहरुलाई चिर्छ, र आफूभित्रको जुन अस्तित्व छ, त्यो अस्तित्व अर्थात् ब्रह्माण्डको अस्तित्वसँग पूर्णरुपमा एकाकार हुन्छ । त्यसैलाई परमप्रकाश भनिन्छ । यो घडी न कुनै कुरा सोचेर आउने हो, न चिन्तन हो, न पढेर हुने हो । यो त साधनाका क्रममा कुनै दिन आफ्नो प्रयास र सँगै परमात्माको कृपा एक ठाउँमा मिलन हुनसक्यो भने परमप्रकाशको बोध हुन्छ । यही आत्मज्ञानले जीवन घनीभूत भएको अवसरलाई हामी प्रकाश दिवस भन्छौं ।

यहाँले मेरो सन्दर्भमा जिज्ञासा राख्नुभयो कि साधनामा लागेको कति समयपछि प्रकाश अनुभव भयो र अहिले भित्र कस्तो अनुभूति भइरहन्छ भनेर –
यहाँलाई स्पष्ट पारुँ कि म सानैदेखि, या भनूँ थाहा पाएदेखि नै ध्यान गर्थें । मन्त्रसाधना गर्थें । तर, अलि सङ्कल्पका साथ लागेको करिब सात वर्षमा मलाई प्रकाशको बोध भयो । यो दिव्यज्ञान जीवनमा घटित भएपछि कहिल्यै नमेटिने गरी, पूरै भित्रबाट परिवर्तन हुँदोरहेछ । यसपछि बिना मिहिनेत एउटा सहज, सरल बोध बनिरहँदो रहेछ । आफूभित्र सुख, आनन्द नैसर्गिक रुपमा नै आइरहँदो रहेछ । पुरानो मानसिकता सबै हराएर जाँदो   रहेछ । अन्धकार शेष नै नरहने गरी पूरै जीवन प्रकाशित भइरहेको छ ।

यहाँलाई यो पनि स्पष्ट गरुँ कि प्रकाशको अनुभवपछि अन्धकार शेष रहेन, यो त एउटा सानो कुरा मात्रै हो । परमप्रकाश अर्थात् ईश्वरको जुन प्रकाश छ, त्यसमा मेरो प्रकाश गएर मिल्यो र एक भयो । अब त्यहाँ दुई भन्ने नै रहेन । मेरो व्यक्तिगत अस्तित्व नै रहेन ।

यहाँले बाहिरबाट देख्नुहुन्छ– मेरो नाम छ, रुप छ, आफूले गरेका कामहरु तमाम छन् । तर, भित्रबाट केही पनि छैन । छ त मात्र शून्यता– या ‘अहं ब्रह्मास्मि’ मात्रै छ । त्यो अद्वैत छ । अद्वैतबाहेक भित्रबाट केही पनि छैन । फेरि यो आत्मज्ञान कुनै पुस्तक पढेर आएको पनि हैन । कसैले बनाएर, जबर्जस्ती गरेर तानेर बनेको पनि होइन । साधनाका क्रममा अचानक कुनै दिन यस्तो घटना घटेको हो । आफूभित्रको सम्पदालाई योभन्दा पहिले चिनेको थिइनँ । दृढ सङ्कल्पका साथ साधना गरेपछि चिनेको मात्र हुँ । एकपटक चिनिसकेपछि मेरो र प्रकाशको दूरी अनन्तकालसम्मका लागि मेटियो । यसरी परमप्रकाश र मभित्रको प्रकाशको दूरी टुटेको छ । दुवै एक भएको अवस्था छ ।

जस्तो– यहाँलाई बताउँ कि दुईटा दियो एउटै कोठामा ल्याएर राख्यौं भने ती दुवै दियोबाट जुन प्रकाश फैलिरहेको हुन्छ, ती दुवैको प्रकाश त आखिरमा एकै हुन्छन् नि १ कोठामा प्रकाश छाउँदा यो दियोको प्रकाशचाहिँ यो र अर्को दियोको प्रकाशचाहिँ यो भन्ने हुँदैन वा छुट्याउन सकिँदैन । ठीक उसैगरी प्रकाशको बोधपछि मभित्रको प्रकाश र परमप्रकाश पूर्ण एकाकार भएको छ र यसपछि मैले ध्यान गर्छु भन्ने नै हुँदो रहेनछ । अर्थात् म ध्यान नगरी रहनै सक्दिनँ । ध्यान फेरि स्वतः भइरहेको हुन्छ ।

तर, यो यहाँले भनेजस्तो कुनै असाधारण भएको भने हैन । आफूभित्रको सम्पदासम्म पुगेको अवस्था मात्रै हो ।

जब आफूभित्र प्रकाशको यो अद्भूत कृपा या अनुभव भयो । त्यसपछि अरुभित्र पनि त्यस्तै देखिँदो रहेछ । मान्छे बाहिर हेर्दा पीडित छ तर भित्र सबैमा प्रकाश छ, देखिँदो रहेछ । भित्र मान्छेमा प्रकाश छ, बाहिर किन दुःखी होला भन्ने सोच आउँदा–आउँदै अचानक एउटा सङ्कल्प यो जन्मियो कि सबैलाई प्रकाश देख्न वा अरुलाई पनि प्रकाशित हुन मद्दत गरुँ । त्यसैले मेरोे जीवन प्रकाशित भएपछि यो पूरै जीवन नै अरुलाई पनि प्रकाशित हुन मद्दत गर्ने, सहयोग गर्ने भावनाले ओतप्रोत भइरहेको छ । ‘जीवन विज्ञान’ जुन संस्था छ, यो सबैलाई प्रकाश देख्न मद्दत गर्ने हेतुले खोलिएको हो । फेरि यो संस्था मैले चाहेर खोलेको पनि हैन । नखोली उपाय नै थिएन त के गरौं ?

जस्तो तपाईंको हातमा एक लिटरको अम्खोरा छ, माथिबाट ठूलो पानी परिरहेको छ, अम्खोरा थाप्नुभयो र भरियो । तर, अब पानी पर्न बन्द होस् भनेर त हुँदैन । पानी अरु परिरहेको छ भने त भाँडो भरिएपछि पनि पोखिएर गई नै रहन्छ । ठीक उसैगरी– यो दिव्यज्ञानको बोधपछि पनि परमात्माको कृपाले ज्ञानको अजस्र प्रवाह वर्षिरहेको छ त यो दिव्यज्ञान बाँड्न ईश्वरकृपा स्वरुप नै जीवन विज्ञान खोलिएको हो । यसले सहज, सरल, स्वाभाविक रुपमा अरुलाई पनि आनन्द बोध गराउन प्रयास गर्ने, यो दिव्यज्ञान बाँड्ने, जीवनको यतिसम्म गहिराइमा पुग्न सकिँदोरहेछ भनेर सम्झाउने र हरेक व्यक्तिलाई आफूभित्रै अविदितको यात्रामा पुग्न मद्दत गर्ने कर्म गर्न मन जाँदोरहेछ । जीवन यसैमा स्वतः समर्पित हुँदोरहेछ ।

यहाँले मलाई थकान महसुस नहुनुको कारणचाहिँ के हो भनेर सोध्नुभयो–

आफैंलाई पनि आश्चर्य लाग्छ । बिहान उठ्ने बेलामा म जति ताजा हुन्छु, सुत्ने बेलामा त्योभन्दा बढी ताजा भएको महसुस गर्छु । तपाईंलाई थाहा छ, म शिक्षासेवा, समाजसेवा र वाग्मती सफाइ महाभियानमा लागेको छु । जीवन विज्ञानमा पनि अनवरत रुपमा खटिएकै छु । यी जम्मै कारणले बाहिर–बाहिर तनाव त केही ल्याउँछन्, नल्याउने हैन । तर, यी तनावहरु बाहिरी रुपमा मात्रै रहँदा रहेछन् । भित्रसम्म चाहिँ यिनले छुँदा रहेनछन् । जस्तो– हामी कम्प्युटरमा फायरवाल लगाउँछौं । भाइरसले असर त गर्न खोज्छन् तर फायरवाल भएपछि तिनले असर गर्न सक्दैनन् । ठीक उसैगरी प्रकाशित जीवन कस्तो हुँदोरहेछ भन्नुहोला भने यी सबै बाहिरी कुराले भित्री केन्द्रलाई चाहिँ प्रभाव पार्न  सक्दारहेनछन् । बाह्य कुराले भित्र पूरै अप्रभावित रहन्छ । भित्र परम सुन्दरता मात्रै रमाइरहेको हुन्छ । भित्र नछुने अकम्प केन्द्र भेटिएकाले तनाव–थकान पनि दूर हुँदोरहेछ ।

यहाँले अरु मान्छे पनि पुग्न सक्छन् त भनेर जिज्ञासा राख्नुभयो । यसमा सबै पुग्न सक्छन् । हामी सबैभित्र उत्ति नै सम्भावना छ । म पुग्ने, अरु नपुग्ने÷नसक्ने, म ठूलो मान्छे भन्ने केही पनि हुँदैन । भगवान् कृष्णमा पनि त्यही थियो । भगवान् बुद्धमा पनि त्यही थियो । म र तपाईंमा पनि त्यही   छ । सम्भावना सबैमा एउटै हो । मात्र फरक समयको हो । तपाईंले चिनिसक्नुभएको छैन होला, अरु कसैले चिनिसक्यो होला । सबैमा सम्भावना उत्तिकै भएकाले नै हामीले अनवरत रुपमा प्रयास गरेको हो । एक न एक दिन त सबै पुग्नैपर्छ । सबैले चिन्नैपर्छ ।

‘जीवन विज्ञान’ त्यसैका लागि हो । हाम्रो प्रयास नै त्यही हो – व्यक्तिले आफैंभित्र आनन्दको झरना भेटोस्, आफूभित्रै खानी भेटोस् । परतन्त्र नहोस् ।
हैन भने– धर्मका नाउँमा हामीले कति शोषण ग¥यौं । मान्छेलाई परतन्त्रमा लगेर बाँध्यौं । यो मेरो जाति, यो मेरो धर्म, यो मेरो सम्प्रदाय, यो बाहेक केही छैन भन्नेसम्म बनायौं । त्यसो त हैन नि । प्रत्येक व्यक्तिभित्र उत्ति नै छ, उही नै छ । त्यसलाई जेसुकै नाम दिनुस् । त्यसलाई गड भन्नुस्, ईश्वर, अल्लाह, राम, कृष्ण, विष्णु, बुद्ध जेसुकै भन्नस्, दुईटा छँदै छैन । छ जम्मा एउटा । जे छ त्यही छ । सबैभित्र उही र उस्तै छ ।

तर, जीवनमा परमप्रकाश घटित हुन प्रत्येक व्यक्तिको प्रयास र ईश्वरकृपा या मिलनबिन्दु पनि चाहिँदो रहेछ । यो ईश्वरकृपा कुनै वैज्ञानिक तरिकाले बुझाउन पनि सकिँदैन । हुन त यो विज्ञानको क्षेत्र पनि हैन र विज्ञान यति टाढासम्म जान पनि सक्दैन ।

यो परम अनुभव हो र यो अनुभूति मनुष्यको जीवनमा लिनुपर्ने जरुरी रहेछ । किन भन्नुहुन्छ भने त्यसपछि मात्र जीवन जिउनुको मजा या जीवन जिउनुको आनन्द आउँदो रहेछ । एउटा निश्छल, निष्कपट र बडो मजाको नैसर्गिक या भनूँ करिब–करिब प्राङ्गारिक र मौलिक जीवन बाँच्न सकिने रहेछ । जहाँ जालझेल छैन, केही पनि छैन र पनि जीवन आनन्दसँग चलिरहेको छ । जहाँ तनाव छैन, द्वन्द्व छैन– छन् त बाहिर सतही रुपमा मात्र । कुनै पनि कुराले अन्तर्यमा छुँदै छुँदैन । वाह म १  कुन साइतमा जन्मिएछु भन्ने भाव भित्रभित्र भइरहन्छ । जीवनमा उमङ्ग र खुसीको बहार नित्य–निरन्तर भइरहन्छ ।

यस्तो अलौकिक ज्ञान लिन सबै मनुष्यले प्रयास गर्नुपर्छ भन्ने हाम्रो ध्येय हो र प्रयास गरेको खण्डमा सबै मनुष्य पुग्न पनि सक्छन्, मात्र यो जुनीमा हो कि अर्को जुनीमा भन्ने मात्रै हो । सङ्कल्पका साथ प्रयत्न त सबैले गर्नैपर्छ । जीवन विज्ञानको प्रयत्न भनेको धेरैभन्दा धेरै मान्छेलाई आफूभित्र यस्तो हुँदोरहेछ भनेर बुझाऊँ र त्यो ध्यानको विधि सिकाइदिऊँ भन्ने हो । ताकि उसैले आफूभित्र आफैं खोजोस् । र, उसले पनि एउटा गहिरो, गहन र कहिल्यै परिवर्तन गर्न नसकिने दृढ आन्तरिक प्रकाशको अनुभूति गर्न सकोस् ।

अन्त्यमा, यहाँलाई एउटै कुरा भन्छु – ‘कहिलेकाहीँ जीवनमा कस्तो हुँदोरहेछ भने नि, धेरै कुरा छोडेर एउटै कुरा ग¥यौं भने पनि अरु रहेका धेरै कुराहरुमा धेरै बल पुग्दो रहेछ । त्यसका लागि ध्यान सर्वौषधि हो । त्यसैले ध्यान गर्न ढिलो नगरौं । ध्यान गर्न समय निकालौं र ध्यान पनि सही प्रकारले गरौं । प्रामाणिक प्रकारले ध्यान गरौं । बुझेको, जानेको व्यक्तिबाट ध्यान सिकौं – ध्यान गरौं र छिटोभन्दा छिटो आफूभित्र नै प्रकाशको अनुभूति गरौं ।’ 

(एल पि भानु शर्मा एपेक्स कलेजका प्राचार्य, वाग्मती सफाइ महाभियानका अभियन्ता, शिक्षाविद्, व्यवस्थापन विज्ञ र जीवन विकास विशेषज्ञ हुन् । ध्यानसाधनाका क्रममा शर्मालाई आफूभित्रै परमप्रकाश अनुभूति भएको थियो । सोही विषयमा केन्द्रित रहेर शर्मासँग गरिएको कुराकानी पुनप्रकाशित)

पशुपतिमा बन्यो गँजडीरहित ध्यान साधना केन्द्र 

काठमाडौं । गाँजा तान्ने अखडा र माग्नेको लामलाई मुक्त गरी पशुपति क्षेत्रलाई ध्यान तथा योग साधना स्थलका रुपमा योजनाबद्ध विकास गर्ने अभियान शुरु भएको छ

जानकी मन्दिर झलमल्ल पार्न पाँच करोड 

  धनुषा, २६ असार । जानकी मन्दिरलाई आधुनिक किसिमले सौन्दर्यकरण गर्नका लागि पाँच करोडको लागतमा विद्युतीकरण गरिने भएको छ ।  सोमबार गैरआवासीय नेपाली

 के हो विपश्यना ध्यान,यस्तो छ लाभदायी रहस्य

गौतम बुद्धले ४५ वर्षसम्म यो विद्यालाई जनजनमा बाँडेर गए । उनको महापरिनिर्वाणको करिब ५०० वर्षपछि यो विद्यामा शुद्धता कायम रहन नसकीे लुप्त हुने स्थिति

मृत्युको भयले मानिसलाई शान्त र परोपकारी बनाउँछ 

हिन्दीमा मृत्युका बारेमा एउटा चर्चित साहित्य छ, ‘जिन्दगी तो बेवफा है, एक दिन ठुकराएगी, मौत महबुबा है अपनी साथ ले के जाएगी’, यसले के पुष्टि गर्छ भने