पाठ्यक्रममा इलामको पर्यटन समावेश

इलाम, १ फागुन । जिल्ला शिक्षा कार्यालयले अनौपचारिक शिक्षा केन्द्रको तह दुईअन्तर्गतकोे स्थानीय पाठ्यक्रममा इलामको वस्तुस्थिति र त्यहाँको पर्यटन क्षेत्र समावेश गरेको छ । 

चालू आर्थिक वर्षमा शुरु गरिएको उक्त पाठ्यक्रमअनुसार अनौपचारिक शिक्षाअन्तर्गत तह एक पूरा गरी साक्षर बनिसकेका १५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई इलाम र इलामको पर्यटनका बारेमा पनि जानकारी दिने उद्देश्यले सो पाठ्यक्रम तयार पारिएको हो । 

दुई वर्षअघि साक्षर जिल्ला घोषित इलाममा निरन्तर शिक्षाअन्तर्गत तह दुईको सिकाइ शुरू गरिएको हो । उक्त पाठ्यक्रममा अन्य विषयवस्तुका साथै अनौपचारिक शिक्षा केन्द्रले देशभर तय गरेअनुसारको भए पनि स्थानीय पाठ्यक्रममा जिल्लाको पर्यटन राखिएको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले बताए। 

जिशिअ गौतमका अनुसार साक्षर जिल्ला घोषित हुँदा ४० हजार निरक्षरलाई साक्षर बनाइएकामा उनीहरूलाई नै निरन्तर शिक्षाअन्तर्गत तह दुईको पाठ्यक्रमअनुसार सिकाइनेछ । निरन्तर शिक्षाको एक चरणको कार्यक्रम सकिएको र अहिले दोस्रो चरणको कार्यक्रमअनुसार हालै सहजकर्तालाई तालीम दिइएको छ । 

त्यो सँगसँगै स्थानीयस्तरमा सम्भावना रहेको क्षेत्रको ज्ञान पनि सबै व्यक्तिले पाउनुपर्छ भन्ने उद्देश्यले इलामको हकमा यहाँको पर्यटनको विषय पाठ्यक्रममा राखिएको पनि उनले बताए। सो पाठ्यक्रममा इलामको चिनारी, पर्यटन, प्रमुख पर्यटकीय गन्तव्यहरू, धार्मिक पर्यटकीयस्थल, सूर्योदय पर्यटन स्थल र पर्यावरणीय पर्यटनस्तलका आधारभूत जानकारी समावेश गरिएका छन् । यसबाट इलाम र यहाँको पर्यटन बुभ्mन सबैले पाउने र आगामी दिनमा पर्यटन क्षेत्रमा चासो राख्नेलाई यसले सहयोग गर्ने आशा गरिएको छ । 

योबाहेक सोही तहको मूल पाठ्यक्रममा विवाह, सुरक्षित मातृत्व र शिशु स्याहार, सामाजिक कुरीति र विकृति, आयआर्जन, बहिनीलाई चिठी, पोषिलो खाना, रोगजस्ता विषय छन् । त्यस्तै हाम्रा मौलिक हक, कम्प्यूटर र इन्टरनेट, प्राथमिक उपचार, सहकारी, हाम्रा आँखा खुले, परिवारका इच्छा, मुद्राको चिनारी र योग तथा शारीरिक व्यायामजस्ता विषय तह दुईमा सिकाइ हुने गरी पाठ्यक्रममा राखिएका छन् । 

विद्यालय, सामुदायिक भवन वा व्यक्तिको घरमा समेत सञ्चालन गर्न सकिने यस्ता कक्षा चार महिनासम्म सञ्चालन हुनेछन् । पाठ्यक्रमलाई समेटेर जिशिका इलामले ‘निरन्तर शिक्षा’ नामक पुस्तकसमेत प्रकाशन गरिसकेको छ । रासस

पाठ्यक्रममा भक्तपुरको पहिचान समेट्न सुझाव

नगरकोट, ६ फागुन । शिक्षकहरुले विद्यालयका पाठ्यक्रममा भक्तपुरको पहिचान, इतिहास, स्थानीय सीप र प्रविधि, पर्यटन र स्थानीय खेलका विषयवस्तु समेट्नुपर्ने

आउँदो एसइई परीक्षामा करिब ६ लाख विद्यार्थी 

भक्तपुर, १२ माघ । आउदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईका लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु गरेको छ

म्याग्दी अब साक्षर जिल्ला 

म्याग्दी, ९ माघ । म्याग्दीलाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कूल जनसंख्यामध्ये ९६ दशमलव २७

यसरी मोडियो हेडसरको बाटो

स्याङ्जा, ५ माघ । स्याङ्जाको सदरमुकाम पुतलीबजारस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालय पुग्दा कोट पेन्टमा चिटिक्क सजिएका अग्लो कदका कुनै व्यक्ति