नारायणहिटीमा बन्यो ४० करोडको गणतन्त्र स्मारक  

काठमाडौँ, १ फागुन । गणतन्त्र स्मारक निर्माणको काम सम्पन्न भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा नारायणहिटी दरबार परिसरमा निर्माण थालिएको स्मारकको काम सकिएको हो । 

सरकारले विसं २०६९ मंसिरमा बिकोई स्काई बंगलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरी तीन वर्षभित्र निर्माण गर्ने भने पनि निर्माणमा केही ढिलाइ भएको थियो । 

कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले स्मारक निर्माणको काम पुरा भएकाले यही महिना भवन विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए। “स्मारक निर्माण कार्य समयमा सम्पन्न गर्ने गरी काम गरेका थियौँ, भूकम्प र भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले केही समय ढिला गरी सम्पन्न भएको हो”, उनले भने। 

पैँतीस रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको स्मारक शुरुमा रु ३० करोडमा सम्पन्न गर्ने सम्झौता भए पनि झण्डै रु ४० करोड खर्च भएको कम्पनीले जनाएको छ । भवन विभागले गणतन्त्र दिवसका अवसरमा उद्घाटन गर्ने योजना बनाएको श्रेष्ठले बताए। रासस/फायल तस्बिर

ओली प्रचण्डवीच \'ठोस समझदारी\',संयोजन समिति साँझ बस्ने

काठमाडौं, ७ फागुन । पार्टी एकिकरणबारे सोमबार भएको वार्तामा ठोस समझदारी बनेको एमाले र माओवादी केन्द्र सम्बध्द सूत्रले बताएका छन् । प्रधानमन्त्री केपी

जंगली हात्तीले २१ घर भत्काउँदा उठिबास

भीमदत्तनगर, ७ फागुन  ।  कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१

माटोले पुरिएर सासूबुहारीको मृत्यु

  संखुवासभा, ७ फागुन । संखुवासभा जिल्लाको मादी नगरपालिका–४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा आज एकै परिवारका सासूबुहारीको घटनास्थलमा नै

प्रधानमन्त्री ओली बालुवाटार सरे 

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेका छन्।  साँझपख बालुवाटार