इलामका ४९ उद्यमीलाई अनुदान

इलाम, १ फागुन । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब रु २५ लाख बराबरको अनुदान सहयोग गरेको छ । 

कार्यालयले चालू आर्थिक वर्ष २०७४-७५ मा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट जिल्लाका ४९ जना उद्यमीलाई सामग्री खरिदका लागि रु २४ लाख ८७ हजार ७५० अनुदान सहयोग गरेको हो । 

उद्यमीले २० प्रतिशत आफ्नो लगानी गरी उद्योगका लागि उक्त बजेटबाट आवश्यक पर्ने मेशिन औजार खरिद गर्नुपर्ने प्रावधान राखिएको कार्यालयका उद्योग प्रशासन प्रमुख खड्ग बस्नेतले बताए। 

जिल्लाका ग्रामीण भेगमा उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने लघु, घरेलु र साना उद्योगलाई प्रोत्साहनस्वरूप घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गरेको जनाएको छ । 

यस्तै, घरेलु तथा साना उद्योग विकास समितिले अदुवा प्रशोधन, दुग्ध परिकार, बेकरी, कृषि फर्म, चिया उद्योग र ढाका उद्योगलाई आवश्यक पर्ने मेशिन औजार ८० प्रतिशत अनुदानमा समेत वितरण गरेको छ । रासस 

निगमको वार्इड बडी खरिदमा राष्ट्र बैंकको प्रश्न

काठमाडौ। नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको एअरबस ३३० - २०० सेरिजको २ नयाँ जहाजका सन्दर्भमा नेपाल राष्ट्र बैंकले पनि प्रश्न उठाएको छ । नेपाल

विमान खरिदमा ६ अर्ब कुम्ल्याउन यस्तो छ चलखेल

काठमाडौं । नेपाल वायु सेवा निगममा नयाँ जहाज खरिद गर्दा करिब ६ अर्ब रुपैंयाँ मिलिजुली खान अनेकौं चलखेल भैरहेको तथ्यहरु फेला परेका छन्। निगमले हाइफ्लाई

यी हुन् महिलाको ब्याङ्क खाता धेरै भएका देश

लण्डन । विश्वमा जम्मा छवटा देशहरू मात्र छन् जहाँ पुरुषको तुलनामा महिला ब्याङ्क-खातावाल धेरै छन्। ती देश हुन्- आर्जेन्टिना, जोर्जिया, इण्डोनेसिया,

सरकार जग्गा कारोबारीको सम्पत्ति छानबिन गर्दै

काठमाडौँ, २ जेठ । सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला