इलामका ४९ उद्यमीलाई अनुदान

इलाम, १ फागुन । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब रु २५ लाख बराबरको अनुदान सहयोग गरेको छ । 

कार्यालयले चालू आर्थिक वर्ष २०७४-७५ मा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट जिल्लाका ४९ जना उद्यमीलाई सामग्री खरिदका लागि रु २४ लाख ८७ हजार ७५० अनुदान सहयोग गरेको हो । 

उद्यमीले २० प्रतिशत आफ्नो लगानी गरी उद्योगका लागि उक्त बजेटबाट आवश्यक पर्ने मेशिन औजार खरिद गर्नुपर्ने प्रावधान राखिएको कार्यालयका उद्योग प्रशासन प्रमुख खड्ग बस्नेतले बताए। 

जिल्लाका ग्रामीण भेगमा उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने लघु, घरेलु र साना उद्योगलाई प्रोत्साहनस्वरूप घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गरेको जनाएको छ । 

यस्तै, घरेलु तथा साना उद्योग विकास समितिले अदुवा प्रशोधन, दुग्ध परिकार, बेकरी, कृषि फर्म, चिया उद्योग र ढाका उद्योगलाई आवश्यक पर्ने मेशिन औजार ८० प्रतिशत अनुदानमा समेत वितरण गरेको छ । रासस 

के हो यो रहस्यमय महंगो मुद्रा

बिटक्वाइन करेन्सीकाबारेमा अचेलभोलि धेरै चर्चा भइरहेको छ। नेपालमा पनि बिटक्वाइन र माइनिङ शब्द प्रख्यात हुँदैछ। बिटक्वाइनको कारोबारमा ठूल्ठूला

माथिल्लो तामाकोशी  आयोजनाले  सर्वसाधारणका लागि साँढे २ अर्ब शेयर जारी गर्दै

चरिकोट, ४ फागुन ।  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी

 तातोपानी नाकाबाट ११८ किलोग्राम सुन बरामद

मेलम्ची, २९ माघ ।  सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ ।  तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी

एक करोड भन्दा बढि ठगी गर्ने सहकारी संचालक पक्राउ

काठमाडौँ, २८ माघ ।  सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ