महाशिवरात्रिको अवसरमा पशुपतिमा भक्तजनको भीड

काठमाडौँ, १ फागुन।  सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । 

बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए । 

पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको छ । पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण ढोकाबाट, जयबागेश्वरी–भुवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट र मित्रपार्क–उमाकुण्ड–वासुकी मन्दिर हुँदै तीनतर्फबाट पशुपति दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए । 

दर्शनार्थीलाई जुन ढोकाबाट प्रवेश गरेको हो त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ । यसवर्ष कति भक्तजनले दर्शन गरे भन्ने वास्तविक तथ्यांक लिन जुत्ता राख्ने स्थान र मूलढोकाबाट छिर्ने स्थानमा तथ्यांक संकलन समूह खटाइएको कोषले जनाएको छ । 

यसवर्षको शिवरात्रिमा १२ देखि १३ लाख दर्शनार्थीले मन्दिरमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ । रासस

बन्द हडताल गर्न नपाइने

काठमाडौँ, ११ वैशाख । मन्त्रिपरिषद्को आजको बैठकबाट सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा बन्दहडताल गर्न नपाइने सम्बन्धी सूचना राजपत्रमा

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल

काठमाडौँ, ११ वैशाख । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोग सदस्यमा भने डा

नीतिगत झन्झट पुनःनिर्माणमा बाधक

काठमाडौँ, ११ वैशाख । नीतिगत एवं प्रक्रियागत झन्झटका कारण भूकम्पपछिको पुनःनिर्माणले गति लिन नसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्वीकार गरेको

न्याय सम्पादन गर्न थप दुई हजार कर्मचारीको खाँचो 

काठमाडौँ, ११ वैशाख । न्यायालयमा न्याय सम्पादनका लागि करिव थप दुई हजार जनशक्ति आवश्यक महशुस गरिएको छ ।  अहिलेको जनशक्तिले न्याय सम्पादनमा कठिनाइ