शिवरात्रिबाट सहिष्णुता र सद्भाव अभिवृद्धि हुने विश्वास

काठमाडौँ, १ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिजस्ता धार्मिक तथा सांस्कृतिक पर्वले सहिष्णुता, सद्भाव र शान्ति अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।  
हिन्दूको महान् चाड महाशिवरात्रिको अवसरमा  दिएको सन्देशमा उनले नयाँ संविधान कार्यान्वयनका सिलसिलामा स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलापूर्वक सम्पन्न भई मुलुक सामाजिक तथा आर्थिक समृद्धितर्फ उन्मुख भएको बताएकी छिन् । उनले  यस पर्वबाट देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुलुकको समृद्धिमा अग्रसर हुने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छिन् । 

यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले समस्त हिन्दू धर्मावलम्वीको पवित्र पर्व महाशिवरात्रिका माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् । 

शिवरात्रिका अवसरमा दिरएको सन्देशमा उनले यस चाडले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति र सहकार्यको बाटामा अघि बढ्न प्रेरित गरोस् भन्ने कामना गरेका छन्। 

ओली प्रचण्डवीच \'ठोस समझदारी\',संयोजन समिति साँझ बस्ने

काठमाडौं, ७ फागुन । पार्टी एकिकरणबारे सोमबार भएको वार्तामा ठोस समझदारी बनेको एमाले र माओवादी केन्द्र सम्बध्द सूत्रले बताएका छन् । प्रधानमन्त्री केपी

जंगली हात्तीले २१ घर भत्काउँदा उठिबास

भीमदत्तनगर, ७ फागुन  ।  कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१

माटोले पुरिएर सासूबुहारीको मृत्यु

  संखुवासभा, ७ फागुन । संखुवासभा जिल्लाको मादी नगरपालिका–४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा आज एकै परिवारका सासूबुहारीको घटनास्थलमा नै

प्रधानमन्त्री ओली बालुवाटार सरे 

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेका छन्।  साँझपख बालुवाटार