नामावली सच्याउन  तीन दललाई दुई दिनको समय

काठमाडौँ, १ फागुन । निर्वाचन आयोगले तीन राजनीतिक दललाई समानुपातिक  प्रणालीतर्फ अन्तिम बन्दसूची सच्याएर सिफारिस गर्न दुई दिनको समय दिएको छ । समानुपाति प्रणालीमा समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट गरी नाम सिफारिश गर्न आयोगले दलहरुलाई पत्राचार गर्ने निर्णय गरेको हो । 

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले सोमबार बन्दसूचीका उम्मेदवारमध्ये निर्वाचित गर्न नाम सिफारिश गरेका तर प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले आयोगले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर आयोगमा पेश गर्न नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपाललाई पत्राचार गर्ने निर्णय गरेको बताइएको छ ।

बन्द हडताल गर्न नपाइने

काठमाडौँ, ११ वैशाख । मन्त्रिपरिषद्को आजको बैठकबाट सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा बन्दहडताल गर्न नपाइने सम्बन्धी सूचना राजपत्रमा

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल

काठमाडौँ, ११ वैशाख । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोग सदस्यमा भने डा

नीतिगत झन्झट पुनःनिर्माणमा बाधक

काठमाडौँ, ११ वैशाख । नीतिगत एवं प्रक्रियागत झन्झटका कारण भूकम्पपछिको पुनःनिर्माणले गति लिन नसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्वीकार गरेको

न्याय सम्पादन गर्न थप दुई हजार कर्मचारीको खाँचो 

काठमाडौँ, ११ वैशाख । न्यायालयमा न्याय सम्पादनका लागि करिव थप दुई हजार जनशक्ति आवश्यक महशुस गरिएको छ ।  अहिलेको जनशक्तिले न्याय सम्पादनमा कठिनाइ