केन्यामाथि नेपालको रोमान्चक जित  

आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले केन्यालाई तीन विकेटले पराजित गरेको छ । नामेवियाको वान्डेरार्स क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर सुरुमा बलिङ रोजेको नेपालले केन्याबाट १७८ रनको लक्ष्य पाएको थियो ।

खेलमा सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा २० रन दिँदै पाँच विकेट लिएका थिए । उनी म्यान अफ द म्याच समेत बनेका छन् । सोमपाल कामी, बसन्त रेग्मी र सरद भेस्वाकले पनि एक एक विकेट लिएका थिए ।  ब्याटिङमा भने नेपालले सुरुमा खराब प्रदर्शन गरेको थियो । खेलको अन्तिममा नेपालले नाटकिय रुपले जित दर्ता गरेको थियो ।

नेपालले बुधबार हुने खेलमा क्यानडालाई सामना गर्दैछ । क्यानडालाई समेत जितेमा नेपाल रनरेटका आधामा प्रमुख स्थानमा हुनेछ । प्रमुख स्थानमा हुने दुई टोलीले २०१८ मा हुने विश्वकप क्वाटर फाइनलमा सहभागी हुन पाउने छन् ।

नेपालको एकदिवसिय डेब्यु नेदरल्याण्ड्ससँग

काठमाडौं, ९ जेठ । विश्वकप क्रिकेटको क्वालिफायरबाट एकदिवसिय मान्यता प्राप्त गर्न सफल नेपालले पहिलो एकदिवसिय खेल तथा सिरिज नेदरल्याण्ड्ससँग खेल्ने

 क्रिकेटर सन्दिपलाई कार उपहार

काठमाडौँ, ९ जेठ   ।  इन्डियन प्रिमियर लिग९आइपिएल० खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा

सन्दीप लामिछाने आज ४ः१५ मा काठमाडौं ल्याण्ड हुने

सरल संवाददाता काठमाडों, ८ जेठ । अप्रिल महिनाको ७ तारिख देखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपिएल) २०१८ मा सहभागि भइ नेपालमा लेग स्पीनर सन्दीप

दंग छन् सन्दीपको परिवार

 चितवन, ८ जेठ । लेग स्पीनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपिएल) मा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि