प्रचण्डको‘फड्को’लाई योगेशको यस्तो जवाफ 

काठमाडौ, २९ माघ । राजनीतिमा ‘फड्को’ मार्ने प्रचण्डको भनाईलाई एमाले सचिब योगेश भट्टराइले व्यंग्यात्मक जवाफ दिएका छन्। उनले प्रचण्डको भनाईलाई ट्रक साहित्यको उपमा दिँदै ट्वीट गरेका छन्।

सोमबार भट्टराइले ट्वीट गरेका छन – ‘फड्को हान्दा सही ठाउँमा परेन भने ? बरु एकताका लागि पाईला चाल्दा नै सबैले चाहेको परिणाम पनि  आउँछ । ‘हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ’, यो ट्रक साहित्य मलाई खुब मनपर्छ ।’

  माओवादी अध्यक्ष प्रचण्डले राजनीतिमा आफुलाई असजिलो हुने परिस्थिति आईपरेमा नयाँ फड्को मार्न सक्ने भनेर तरंग ल्याईदिएका थिए । 
गृहजिल्ला चितवनमा पुगेका बेला प्रचण्डले सहयात्री एमालेलाई झस्काउने उदेश्यले यस्तो अभिव्यक्ति दिएको भनेर अनुमान गरिएको छ।

सरकार पहिले कि पार्टी एकिकरण पहिले भन्ने प्रश्नमै अल्झिएका यी दुई दलका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डवीच अनेक पटक ठाउँ सरीसरी भएका गोप्य बैठकहरु अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेका छैनन्।

सोमबार यी दुई नेतावीच भएको छलफलमा भने प्रचण्डले आफूले बोलेको कुरालाई बंग्याएर प्रचार गरिएको भन्दै एमाले अध्यक्ष ओलीलाई आश्वस्त पार्ने प्रयाश गरेका थिए।

ओली सरकार कसरी गिर्छ ? प्रचण्डले हात झिके मधेसवादीको साथ !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सरकार अब कसरी गिर्ला ? प्रश्न उठाईन थालेको छ । नेपालमा ०७ साल यता कुनै पनि प्रधानमन्त्रीले पूरै कार्यकाल सरकार

गगनसहितका युवा नेताले थाले कांग्रेस जगाउने अभियान

काठमाडौं, ७ फागुन । निर्वाचनमा पराजय भोगेपछि नेपाली कांग्रेसका युवा नेताहरुले प्रजातन्त्र दिवसको अवसर पारेर सोमबारबाट नेपाली कांग्रेस पुनर्जागरण

 कांग्रेसमा शक्ति संघर्ष : प्रकाशमानले देउवालाई नछोड्ने

काठमाडौं, ७ फागुन । सरकारबाट बाहिरिने बित्तिकै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सत्ता हत्याउने कसरत सुरु गरेका छन् । तर उनलाई

 काँग्रेस जोगाउन नेतृत्व फेर्नु आवश्यक 

काठमाडौँ, ७ फागुन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय