जलाएर, एसिड छर्केर महिला माथि गरिने हिंसा बढ्दो

ललितपुर, २९ माघ। नेपालमा प्रत्येक वर्ष ठूलो संख्यामा मानिस आगलागी वा अन्य रसायनको ज्वलनमा परी अकालमै निधन वा घाइते हुने गर्छन् । तीमध्ये अधिकांश भवितव्यबाट नभई सुनियोजित रुपमा भएका घटनाबाट पीडित भए पनि उनीहरुले समयमै न्याय पाउन नसकेको सरोकारवालाहरुले बताएका छन् । 

बिभिएस नेपाल नामक संस्थाद्वारा सञ्चारकर्मीका लागि आयोजित अग्नि हिंसाजस्ता लैंगिक हिंसा विषयक अभिमुखीकरण कार्यक्रमका सहभागी वक्ताले महिला र युवतीविरुद्ध हुने हिंसामध्ये जलाएर र रसायन (एसिड) छर्केर गरिने हिंसाका बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता घटना अत्यन्त क्रुर र पीडादायी हुने तथा समयमै उपचार र न्याय नपाउने गरेकाले पीडितहरुको पक्षमा सहयोग र पैरवी गरिनुपर्ने उनीहरुको भनाइ छ । 

जलनका घटना पीडितमा शारीरिक असक्षमता, कुरुपता, दीर्घकालीन स्वास्थ्य जटिलता, मानसिक आघात हुने र सामाजिक अपहेलना व्यहोर्नु पर्ने हुँदा कतिपयले आत्महत्यासमेत गर्नु परेको भन्दै यस्ता विषयमा सञ्चार माध्यमले संवेदनशीलता देखाउँदै समाचारमा प्राथमिकता दिनुपर्ने धारणा वक्ताहरुको थियो । 

बिभिएस नेपालका अनुसार नेपालमा वर्षमा करिब ५६ हजार व्यक्ति अर्थात् प्रत्येक दिन १५३ जना, प्रतिघण्टा छजना र प्रत्येक १० मिनेटमा एकजना आगलागीमा परी घाइते हुने गर्छन् । 

नेपालको ग्रामीण क्षेत्रमा हुने दुर्घटनाका घाइतेमध्ये जलनको घाइते दोस्रो नम्बरमा पर्छन् । जसबाट अंगभंग भएकामध्ये पाँच प्रतिशत घाइते जलनका कारणले भएको पाइन्छ । जनवरी २०१० देखि हालसम्म २४९ भन्दा बढी (१७९ जना महिला र बालबालिका) पीडित भएको तथ्यांक छ । तीमध्ये करिब ५५ प्रतिशतले गहिरो घाउका कारण ज्यान गुमाइसकेको सो संस्थाले जानकारी दिएको छ । 

कार्यक्रममा युनिसेफ नेपालका दीपक श्रेष्ठले जलनबाट पीडितलाई कानूनी र मनोवैज्ञानिक उपचारको खाँचो रहेको बताउँदै मिडियाले घटनाको एकपटक समाचार दिएर नपुग्ने, त्यसको ‘फलो–अप’ गरिरहनुपर्नेमा जोड दिए।  

बिभिएस नेपालका अध्यक्ष सुलक्षण रानाले जनवरी २०१४ देखि हालसम्म ४० जना महिला तथा बालबालिका जलनसम्बन्धी हिंसाको शिकार भएकामा एकाध घटनामात्रै सञ्चार माध्यममार्फत सार्वजनिक भएको बताए।  

त्रिवि शिक्षण अस्पतालका डा ईश्वर लोहनीले समाजमा घरेलु हिंसाजन्य जलनका घटना बढ्दै गए पनि घटना लुकाउने वा अन्य कारणबाट भएको भन्ने गरेकाले पनि समयमै कानूनी उपचार पाउन कठिन भएको उल्लेख गरे । रासस 
 

नयाँ संहिता: घरमा पत्नी छँदै गरिने दोस्रो बिहे रध्द हुने, धर्म परिवर्तन अपराध सरह 

काठमाडौं,१ भदौ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका बहुचर्चित पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएका छन्। सरकारले ऐनमा भएका प्राविधिक त्रुटी

शंकरले छोरा र भाइको हत्या

जाजरकोट, ३० साउन  ।  रुकुम ९पश्चिम०को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले आज आफ्नै छोरा र भाइको हत्या गरेका छन् ।  छिवाङ चौताराका ३६ वर्षीय

 बलात्कारीलाई आजीवन जेल सजाय हुने कानून आउँदै

काठमाडौं । सरकारले बलात्कारीलाई आजीवन कारावास हुने गरी विद्यमान कानूनमा संसोधन गर्ने तयारी गरेको छ। बलात्कारीलाई आजीवन कारावास हुने गरी कानून

 सरकारी कार्यालयमा विचौलियाको बिगबिगी 

काठमाडौं, २४ साउन । सरकारी कार्यालयहरुमा कर्मचारीकै प्रोत्साहनमा बिचौलियाको बिगबिगी बढेको छ। सर्बसाधारण सेवाग्राहीलाई भन्दा विचौलियामार्फत आएको