ज्यान मारेर फरार भएको २० वर्षपछि पक्राउ

बुटवल, २९ माघ ।  कर्तव्य ज्यान मुद्दामा अदालतबाट सर्वस्वसहित जन्म कैदको फैसला सुनाइएका एक फरार अपराधी २० वर्षपछि पक्राउ परेका छन् । 

रुपन्देही जिल्लाको साविक हर्नैया गाविस–२ हाल सियारी गाउँपालिका–३ की चन्द्रावती थारुलाई विसं २०५३ जेठमा कर्तव्य गरी मारेको अभियोगमा रुपन्देही जिल्लाको साविक सिक्टहन गाविस–६ (हाल देवदह नपा–१२) बस्ने वर्ष ५० को राधेश्याम जैसवाल कलवारले भैरहवामा आफ्नो वास्तविक परिचय लुकाई बसोबास गरेको अवस्थामा प्रहरीले विशेष सुराकीको आधारमा शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनलाई सर्वोच्च अदालतले विसं २०६५ भदौ २३ मा भएको फैसलामा सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । रासस 
 

सुन तस्करीका मुख्य आरोपी ‘गोरे’को बयान शुरु

विराटनगर, १० जेठ । ३३ किलो सुन तस्करीको प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’को जिल्ला अदालत मोरङमा आज

दुर्घटनामा आमा छोरासहित तीनको ज्यान गएपछि

 भक्तपुर, ९ जेठ  । “नरुनुस् न आमा, नरुनुस् न दादा ।” स्कुल पोशाकमै रहेकी बालिकाले भक्तपुर अस्पतालको चौरमा आफू रुँदै आफ्ना आफन्तको आँसु पुछिदिँदै

विनोद झा १५ दिनदेखि बेपत्ता

राजविराज, ९ जेठ । सप्तरीको राजविराज नगरपालिका–१ बाट एक व्यक्ति विगत १५ दिनदेखि बेपत्ता भएका छन् । निजी कामले घरबाट निस्केका स्थानीय ५२ वर्षीय विनोद

श्रीनिवासलाई प्रहरी प्रमुखले यसरी धम्क्याएका थिए

विनोद शर्मा ती दिनहरूमा इटहरीलाई राम राज्य बनाउँछु भन्ने ढ्याङ्ग्रो ठोकिरहेका थिए। तर, यथार्थमा उनी व्यापारीहरूसँग राति–राति रक्सी खाने र