६७ दिन तड्पाएर एमालेले रणकुमारीका नाम काट्योे 

काठमाडौ, २९ माघ । रणकुमारी मगर ओखलढुंगाको  बिकट मानिएको मानेभन्ज्याङबाट राजनीति शुरु  गरेकी एमालेकी कार्यकर्ता हुन्। नेपाली कांग्रेसको दवदवा भएको ठाँंउमा  एउटी मगरकी छोरीले  राजनीति शुरु गरिन्। 

  उनी साँच्चै नेपाली जनताको प्रतिनिधित्व गर्ने एउटा समुदायको छोरी थिईन्। आफ्नो बिहे भएर सिन्धुली आएपछि उनले सिन्धुलीलाई आधार मानेर काठमाडांैमा सम्पर्क मंचबाट राजनीतिक यात्रालाई निरन्तरता दिईन्। 

पार्टी संघीय संरचनामा गएपछि उनी प्रदेश नं ३ को सम्पर्क समन्वय कमिटीमा सचिव भईन्। यसपटकको प्रतिनिधिसभाको निर्वाचनमा उनी सम्पर्क समन्वय कमिटीबाट जनजाती महिला तर्फ शिफारिसमा भईन् । त्यो पनि ११ नम्बरमा । संयोग कस्तो भने प्रतिनिधिसभाको समानुपातिक निर्वाचन परिणामले उनको संख्यालाई अन्तिम मान्यो।अर्थात् पार्टीले आदीवासी जनजाती महिला तर्फ पाएको ११ औं नम्बरमा उनको नाम थियो। 
मगर लगायत सबैले उनलाई सांसद भएको भन्दै बधाई दिए। उनी ढुक्क थिईन्। 

आईतबार एमाले केन्द्रीय कार्यालयमा १ बजे स्थायी समितिको बैठक बस्नु अघि उनको नाम ११ औं नम्बरमा थियो। तर बैठक सकिँदा उनको नाम काटिईसकेको थियो। उनले आफ्नो नाम काटिनुको कारण नेताहरुसँग सोधिन्। नेताहरुले राष्ट्रिय सभामा आवश्यक भन्दा बढि महिला परेकोले निर्वाचन आयोगको निर्देशन अनुसार नाम काटेको जवाफ दिए।  प्रतिनिधिसभामा १० जना आदिवासी जनजाती महिला भए दुबै सदन गरेर ३३ प्रतिशत पुगेको भन्दै उनको नाम काटिएको थियो। तर निर्वाचन आयोगको निर्देशिका अनुसार ३३ प्रतिशत माथिल्लो रेखा होइन। त्यो तल्लो रेखा हो त्यो भन्दा माथि जति संख्या पुर्याए पनि हुने प्रावधान हो।

 उनको नाम काट्नुको पछाडि एउटै  अर्थ थियो पोलिटब्युरो सदस्य बिजय सुब्बालाई सांसद बनाउनु। बिजय सुब्बा यसअघि पनि सांसद भईसकेका नेता हुन्। अशोक राईले एमाले फुटाएर संघीय समाजवादी पार्टी गठन गर्दा सुब्बा त्यसका उपाध्यक्ष बनेका थिए। उनी एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्। स्रोतका अनुसार रणकुमारीको नाम महिला कोटाबाट कटाएर बाँकी रहेको ठाँउमा सुब्बाको निर्णय भएको थियो। 

रणकुमारी धेरै नेताको चाकडी नगर्ने , एमालेमा बसेर ईमान्दार काम गर्ने गरेको सहकर्मीहरु बताउँछन्। उनकाबारे पार्टीमा बोली दिने नेता कोही नभएपछि हात लागेको सांसद पद समेत गुमाउनु परेको एमाले नेताहरुको मत छ।

 ६७ दिन अघि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपतिक बन्द सूचीमा ११ नम्बरमा उनको नाम परेको थियो। माथिनै नाम परेकाले उनी ढुक्क थिईन्। मगरले भनिन् – ‘यत्रो बर्ष पार्टीमा लगानी गरियो तर ममाथि अन्तिममा आएर षड्यन्त्र गरेर मेरो नाम हटाईयो।’ पार्टीको निर्णयलाई आफुले सम्मान गर्ने बताउँदै पार्टीले आफुहरुलाई सम्मान गर्न नसकेको उनले बताईन्। रणकुमारीका अनुसार काठमाडांैमा कुनै काम पर्दा  कार्यक्रम पर्दा सम्पर्क मंचबाट सक्रियता देखाउनु पर्ने तर अवसर आउँदा चाहि पार्टीले मूल्याङकन  नगर्ने कुराले निरास बनाउँछ। 
 

यी हुन् नेकपा झापाका १२ केन्द्रीय सदस्य

बनियानी, झापा, १० जेठ । हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा परेका छन्

पूर्व माओवादी मन्त्रीको गुनासोः म माथि अन्याय भयो

सरल संवाददाता पाँचथर, ९ जेठ । पूर्व नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री श्रीप्रसाद जबेगुले आफूमाथि ठूलो अन्याय र अपमान भएको

पार्टी एकताले सुशासन र समृद्धिको आधार बलियोः प्रधानमन्त्री

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको

यी हुन् नेकपाको ४४१ केन्द्रीय सदस्य, नामावली सहित

काठमाडौँ, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टीले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार नेकपाको