कर्णालीमा एमबिबिएस पढाइ भएको हेर्ने धोको छः प्रधानमन्त्री देउवा

सुर्खेत, २९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई प्रदेश नं ६ कै स्वास्थ्य क्षेत्रको गौरव भएको बताएका छन्। 

रु ७५ करोड बजेटमा निर्मित ३०० शय्याको प्रतिष्ठानको नवनिर्मित भवन आइतबार उद्घाटन गर्दै उनले भौगोलिक रुपले विकट र पिछडिएको क्षेत्रमा निर्मित प्रतिष्ठानबाट स्वास्थ्य क्षेत्रमा समृद्धि आरम्भ हुने बताए । हिमाली जिल्लामा चिकित्सा क्षेत्रमा देखिएको विशाल भवन कर्णालीमा उद्घाटन गर्न पाउँदा आफू खुशी भएको अभिव्यक्ति दिँदै प्रधानमन्त्री देउवाले अब यस क्षेत्रमा एमबिबिएस पढाइ भएको हेर्ने धोको रहेको बताए  । 

“जसरी स्थापनाकालदेखिको तीव्र गतिमा स्वास्थ्य सेवा, स्टाफ नर्स र स्वास्थ्य सहायकको शिक्षण सेवा प्रतिष्ठानले दिइरहेको छ, सोहीअनुसार प्रतिष्ठानले सिनेटमा पेस गरेका एमबिबिएस मिडवाइफेरीलगायतका बहुवर्षीय योजनाहरू छिटो अघि बढाउनुपर्छ,”–उनले भने ।  प्रधानमन्त्री देउवाले प्रतिष्ठानको एमबिबिएस कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार तत्काल अगाडि बढाउन स्वास्थ्य मन्त्रीलाई निर्देशन दिए । 

प्रतिष्ठानको सिनेट बैठकले असोज २६ गते पारित गरेको बजेट तत्काल उपलब्ध गराउने भन्दै उनले अस्पताल जस्ता पवित्र स्थान आगलागी भएको घटनाको अनुसन्धानमा तीव्रता दिने जनाए । 

कार्यक्रममा स्वास्थ्यमन्त्री दिपक बोहराले ६ नं प्रदेशको स्वास्थ्यको राजधानी जुम्ला हुने र अन्य जिल्लामा यसका सेवाहरू प्रभावकारी रुपमा अगाडि बढाइने बताए । उहाँले प्रतिष्ठानमा मिर्गौला, क्यान्सर र स्पाइनल इञ्जुरीका सेवासमेत थप गर्ने संकल्प गरे । 

राष्ट्रिय योजना आयोगका सदस्य डा गीताभक्त जोशीले राज्यको बजेट बाँडफाँडमा योजना आयोगको नजरबाट कर्णालीमा स्थापित प्रतिष्ठान प्रथामिकतामा पर्ने विश्वास दिलाए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थानबाट यहाँ डाक्टर पढ्न आउने र स्वास्थ्य पर्यटकीय क्षेत्रको ‘हब’ बनाउने योजना रहेको उनको भनाइ थियो । 

औलो फेरि फैलिन थालेकोमा विज्ञहरूको चिन्ता

दश वर्षयता पहिलो पटक विश्वमा औलो रोग लाग्नेको सङ्ख्यामा कमी नआएपछि यो प्राणघातक रोगको पुनरागमन भएको हो कि भन्ने चिन्ता उत्पन्न भएको

  ४०० शैयाको मातृशिशु अस्पताल अलपत्र,प्रदेश सरकारको कानमा तेल 

इटहरी, ७ वैशाख । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई वर्षअघि निर्माण थालिएको ४०० श्ययाको मातृशिशु अस्पताल भवनको निर्माण अलपत्र छ

बीर अस्पतालले ल्यायो थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि 

काठमाडौँ, ७ वैशाख। वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ । ‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद

 जोखिममा जीवन : उपकरणबिना नै सुत्केरीको शल्यक्रिया

दुनै, डोल्पा, ७ वैशाख । डोल्पाको एकमात्र जिल्ला अस्पतालमा उपकरण अभावमै पनि शल्यक्रिया गरिँदै आएको छ ।  पन्ध्र श्यया क्षमता रहेको जिल्ला अस्पताल