युएई नेपालसँग चार विकेटले पराजित

काठमाडौँ, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले युएईलाई चार विकेटले पराजित गरेको छ । 

जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले २८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान पारस खड्काले ५१ रन बनाए । यस क्रममा उनले पाँच छक्का र दुई चौका हाने । आरिफ शेखले १६ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले अविजित रहँदै क्रमशः १२ र १० रन बनाए । 

नामिबियाको युनाइटेड ग्राउण्डमा नेपालले टस जितेपछि फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनायो । ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको थियो । 

युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछाने तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए । 

नेपालको एकदिवसिय डेब्यु नेदरल्याण्ड्ससँग

काठमाडौं, ९ जेठ । विश्वकप क्रिकेटको क्वालिफायरबाट एकदिवसिय मान्यता प्राप्त गर्न सफल नेपालले पहिलो एकदिवसिय खेल तथा सिरिज नेदरल्याण्ड्ससँग खेल्ने

 क्रिकेटर सन्दिपलाई कार उपहार

काठमाडौँ, ९ जेठ   ।  इन्डियन प्रिमियर लिग९आइपिएल० खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा

सन्दीप लामिछाने आज ४ः१५ मा काठमाडौं ल्याण्ड हुने

सरल संवाददाता काठमाडों, ८ जेठ । अप्रिल महिनाको ७ तारिख देखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपिएल) २०१८ मा सहभागि भइ नेपालमा लेग स्पीनर सन्दीप

दंग छन् सन्दीपको परिवार

 चितवन, ८ जेठ । लेग स्पीनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपिएल) मा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि