उस्तैपरे प्रचण्डले जस्तोसुकै निर्णय लिन सक्ने

चितवन, २८ माघ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताएका छन्। 

आईतबार यहाँ आयोजित प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्को राजनीतिक अर्थ नलगाउन पनि आग्रह गरे। 

दुई पार्टी एकीकरणका सन्दर्भमा उनले भने, “म काठमाडौँ गएपछि कुराकानी हुन्छ । मेरो चाहना छ दुई तीन दिनभित्र टुंगियोस्, यो कुरा    नलम्बियोस् ।” उनले अगाडि थपे, “पार्टी एकीकरण लम्बिएलाजस्तो भन्दा पनि टुंगिएलाजस्तो मैले देखिरहेको छु ।” 

अध्यक्ष दाहालले शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताएका थिए। एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको बैठक चलिरहँदा अध्यक्ष दाहालको यस्तो प्रतिक्रिया बाहिर आएको छ । 

उक्त खेलकुद प्रतियोगिताअन्तर्गतको चौथो मुवा थाई तथा बृहत् तेक्वान्दो प्रतियोगिताको उनले उद्घाटन गरेका हुन्। 

 प्रतियोगिताअन्तर्गत इण्डो–नेपालमा ५०, ५६, ६०, ७०, ८१ र ९८ केजी तौल समूहमा ६–६ जनाको सहभागिता रहने छ । त्यसैगरी मुवा थाईको राष्ट्रिय प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५ र ७५ एवं महिलातर्फ ६० केजी तौल समूहमा गरी ३६ जना खेलाडीको सहभागिता रहने नेपाल राष्ट्रिय मुवा संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए।

 ‘ओली सरकारको आयु माघसम्म’ 

काठमाडौं, ३१ असार । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुनरलेखन सभाको माग गरेका छन् ।    आईतबार आयोजना गरेको पत्रकार

 राजपा संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत 

  काठमाडौँ, ३० असार ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका

कम्युनिष्टलाई कमजोर पार्दे विदेशी शक्ति : अध्यक्ष दाहाल

चितवन, २९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी

 \'संविधान आउँदैमा मात्र संघीयता कार्यान्वयन हुँदैन\'- विमलेन्द्र

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संबिधान जारी भएर मात्र संघीयता कार्यान्वयन नहुने हुँदा प्रदेशको पूर्बाधारमा जोड