देउवाको आँखा शीतलनिवासतिर

काठमाडौं,२८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र दिवसको दिन फागुन ७ मा राष्ट्रका नाममा सम्वोधन गरेपछि राजिनामा दिने तयारी गरिरहेका थाहा भएको छ।

राजिनामा दिएकै साँझ बालुवाटारबाट बुढानिलकण्ठ दरबार सर्न लागेका देउवाले यसवीचमा बाँकी रहेका राजनीतिक नियुक्तिहरु गरिसक्ने गृहकार्य भएको समाचार सूत्रले बताएको छ। संचार क्षेत्रका केही स्थान र अन्य दर्जनौं पदहरुमा आफ्ना सहयोगीलाई भर्ना गरेर देउवाले यो कार्यकालको बीट मार्न लागेको बुझिएको छ । 

इम्बोस्ड नम्बरको पीडा

कमीसन एजेन्टहरुको दवाव र पत्नी आरजु राणाको विशेष रुचीमा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य राख्नुपर्ने भनी मन्त्रीपरिषद्ले रातारात गरेको निर्णयले निकै चर्को आलोचना बेहोर्नुपरेको कुराले देउवालाई निकै पिरोलेको सूत्रले बताएको छ। देवनागरी लिपीकै विरुध्द विशेष स्वार्थवस ल्याईएको त्यो प्रस्ताव पत्नीमोहमा परेर मन्त्रीपरिषदबाट निर्णय गराएको कुराले प्रधानमन्त्री देउवालाई पश्चाताप भैरहेको कांग्रेस उच्च सूत्रले बताएको छ।

 राष्ट्रपति मोह

गत निर्वाचनमा लज्जास्पद पराजय भोगेको नेपाली कांग्रेसभित्र नेतृत्वको कडा आलोचना भैरहेको छ। सभापति देउवाले आलोचना मत्थर पार्ने उदेश्यले युवा नेता विश्वप्रकाश शर्मालाई प्रवक्ता नियुक्त गरे तर आलोचना थामिएको छैन। पार्टीभित्रका विपक्षी र नजिकका मानिएका नेताहरुले निर्वाचनमा पराजयको दोष एकोहोरो आफूमाथि मात्र थोपरिरहेपछि तनावमा परेका देउवा वातावरण अनुकूल भएसम्म नेतृत्वबाट नै विदा लिनेसम्मको सोचाईमा पुगिसकेको कांग्रेस उच्च सूत्रले सरल पत्रिकासँग बतायो।

सभापति देउवाले बाम गठबन्धन बाम एकिकरणमा परिणत हुने संभावना कमजोर हँुदै गएको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नाडी छाम्न थालेका छन्। दाहालले कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न तयार भएमा आफूलाई शितल निवास पठाउन सहयोग गर्न पनि दाहालसँग एकपटक कुराकानी गरिसकेका छन् । देउवाको मनसाय बुझेका दाहालले शनिबार चितवनमा उस्तैपरे आफू नयाँ फड्को मार्न तयार रहेको भनी दिएको अभिव्यक्ति यसैको असरको परिणाम भएको समाचार सूत्रको दावी छ। दाहालले सहयोग गरे राष्ट्रपति बन्न पाईने सपनाले पुलकित भएका देउवा सपना साकार भएमा कांग्रेसको नेतृत्व हस्तान्तरण गर्न बल्ल तयार हुने सूत्रले बतायो।

यसका लागि सभापति देउवाले संघीय समाजवादी फोरम र राजपालाई आकर्षक प्रस्ताव दिएर आफ्नो पक्षमा सहमत गराएर दाहाललाई प्रधानमन्त्री बनाउने कसरत सुरु गरिसकेका छन् । 

हिन्दू धर्मको प्रस्ताव 

अर्कोतिर,हालै नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बाम गठबन्धनका नेता र सभापति देउवासँग धर्मनिरपेक्षताप्रति नेपाली जनताको रेस्पोन्स सकारात्मक नरहेको भनेर आफूले रिपोर्ट पाएको सुनाएकी थिईन्। साथै स्वराजले गणतन्त्र र सनातन हिन्दू राष्ट्र नेपाल भनेर संविधानमा पुनर्विचार हुनसक्छ कि सक्दैन भनेर पनि चर्चा गरेकी थाहा भएको छ। खासगरी उनले पूर्व राजालाई हिन्दू नरेशको स्थानमा राखेर अघि बढ्न सकिने संभावनाबारे समेत नेताहरुको मनसाय बुझेकी समाचार सूत्रले बताएको छ। 

यसमा सबै नेताले गणतन्त्रको विकल्प सोच्न नसकिने तर नेपाली समाजमा सहिष्णुता बलियो हुनसक्ने विषयमा असहमत हुनुपर्ने कारण नभएको भनेर घुमाउरो जवाफ दिएका पनि थाहा भएको छ। 

यही पृष्ठभूमिमा सभापति देउवा र माओवादी अध्यक्ष दाहालवीच स्वराजको मनसाय कार्यान्वयन गर्न सके एकजना राष्ट्रपति र अर्को प्रधानमन्त्री बन्न बाटो खुल्ने भन्नेसम्मको कुराकानी भएको बुझिएको छ। उनीहरुले यस विषयमा मधेशवादी दलहरुसँग सहमति जुटाउन कुनै कठिनाई नहुने विश्लेषण समेत भएको बताईन्छ।   
 

ओली सरकार कसरी गिर्छ ? प्रचण्डले हात झिके मधेसवादीको साथ !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सरकार अब कसरी गिर्ला ? प्रश्न उठाईन थालेको छ । नेपालमा ०७ साल यता कुनै पनि प्रधानमन्त्रीले पूरै कार्यकाल सरकार

गगनसहितका युवा नेताले थाले कांग्रेस जगाउने अभियान

काठमाडौं, ७ फागुन । निर्वाचनमा पराजय भोगेपछि नेपाली कांग्रेसका युवा नेताहरुले प्रजातन्त्र दिवसको अवसर पारेर सोमबारबाट नेपाली कांग्रेस पुनर्जागरण

 कांग्रेसमा शक्ति संघर्ष : प्रकाशमानले देउवालाई नछोड्ने

काठमाडौं, ७ फागुन । सरकारबाट बाहिरिने बित्तिकै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सत्ता हत्याउने कसरत सुरु गरेका छन् । तर उनलाई

 काँग्रेस जोगाउन नेतृत्व फेर्नु आवश्यक 

काठमाडौँ, ७ फागुन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय